रमा बुढा मगर -======
तुलसीपुर १९ कार्तिक २०८०,अधिकृत आठौँ ग्रेड ७ तलब स्केल ४८७३७ रुपैयाँ ,प्रती ग्रेड १६२५ का दरले ७ ग्रेडको हुन आउने थप रकम ११३७५ रुपैयाँ गरी जम्मा ६० हजार ११२ रुपैयाँ राज्य कोष बाट मासिक तलब बुझ्छन उनले | १८ हजार बराबरको उनी बस्ने कुर्सी, १५ हजार को टेबल पनी साथमा दिईएको छ उनलाई | उनै अधिकृत असक्षम हुँदा तुलसीपुर
उपमहानगरपालिकाको राजश्व शिर्षक मध्यका केवल २ वटा शिर्षकमा मात्रै वार्षिक २ करोड १० लाख ६ हजार ८ सय रुपैयाँ राजश्व उपमहानगरले गुमाई रहेको पाइएको छ |उनको अ-सक्षमताको कारण उपमहानगरले घर बहाल कर शिर्षक बाट १ करोड ७० लाख ६ हजार ८०० रुपैयाँ र ब्यबशाय कर शिर्षक बाट ४० लाख रुपैयाँ राजश्व गुमाई रहेको पाइएको हो | उनी अरु
कोही नभई तुलसीपुर उपमहानगरपालिकाका राजश्व अधिकारी ललित बहादुर घर्ती हुन् | घर्तीको असक्षमताको कारण उपमहानगरले वार्षिक ठुलो धनराशी राजश्व गुमाई रहेको छ भन्ने सुचना पाएको राप्ति पहिचान डटकम ले गएको भदौ अन्तिम साता देखी यस बारे अनुसन्धान थालेको थियो | अनुसन्धानका क्रममा साँच्चिकै राजश्व गुमी रहेको तथ्य आधार प्रमाण पाईएको हो
| घर बहाल कर र ब्यबशाय कर तर्फ अनुसन्धान गर्दा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ लाई कर को आधार मानी अनुसन्धान भएका हुन् | घर बहाल कर तर्फ उपमहानगरको आर्थिक ऐन २०७९ ले तुलसीपुर बजारका व्यापारिक शटर हरु लाई मासिक १२ हजार,१० हजार,७ हजार,६ हजार ५ सय,५ हजार,४ हजार र ३ हजार रुपैयाँ बहाल भाडा निर्धारण
गरी निर्धारित गरिएको भाडा रकमको १० प्रतिशत रकम बहाल कर असुल्ने गरी ब्यब्श्था गरेको पाईयो | सो ही ऐनमा भएको ब्यब्श्था र अवश्था लाई पछ्याउदै जाँदा तुलसीपुर क्षेत्रका व्यवशायिक शटर हरु गणना गरी उपमहानगरले असुल्ने बहाल कर को हिसाब यस्तो तथ्य फेला परेको हो | जस अनुसार उपमहानगर को आर्थिक ऐन २०७९ ले बिरेन्द्र चोक देखी गुम्राह चोक सम्म
को शटर भाडा मासिक १२ हजार रुपैयाँ निर्धारण गरी कुल भाडाको १० प्रतिशत बहाल कर असुल गर्दा बिरेन्द्र चोक देखी गुम्राह चोक सम्म पुर्व तर्फ २२२ शटर पश्चिम तर्फ २०५ शटर गरी जम्मा ४२७ शटर को एक वर्षको भाडाको कुल रकम ६ करोड १४ लाख ८८ हजार हुन् आउँछ भने त्यसको १० प्रतिशतले हुन् आउने बहाल कर रकम ६१ लाख ४८ हजार ८ सय रुपैयाँ
उपमहानगर ले असुल्नु पर्ने बहाल कर देखिन्छ | त्यस्तै ख लाईन चोक देखी सुनिल स्टेशनरी सम्म पुर्व तर्फ २२ र पश्चिम २५ गरी ४७ शटरको भाडा दर उपमहानगर ले १० हजार तोके अनुसार सो संख्याको शटरको एक वर्षको भाडा रकम कुल ५६ लाख ४० हजार हुने र त्यसको १० प्रतिशतले हुन् आउने रकम ५ लाख ६४ हजार रुपैयाँ,त्यसै गरी ग लाईन घोराही चोक देखी मिडिया
चोक सम्म पुर्व ५८ र पश्चिम तर्फ ९४ गरी जम्मा १५२ शटरको भाडा प्रति शटर १० हजारका दरले कुल भाडा रकम १ करोड ८२ लाख ४० हजार रुपैयाँ को १० प्रतिशत ले हुन् आउने रकम १८ लाख २४ हजार रुपैयाँ| त्यस्तै गुल्म चोक देखी बस पार्क पिपलबोट सम्म उत्तर तर्फ १८३ शटर र दक्षिण तर्फ १८९ गरी जम्मा ३ सय ७२ शटरको उपमहानगर ले तोकेको भाडा दर प्रति
शटर १० हजार का दरले कुल भाडा रकम ४ करोड ४६ लाख ४० हजार हुन्छ भने त्यसको १० प्रतिशतले हुन् आउने रकम ४४ लाख ६४ रुपैयाँ प्रती वर्ष उपमहानगर ले पाउनु पर्ने देखिन्छ | त्यसै गरी एकान्त होटेल देखी पिपलबोट सम्म उत्तर तर्फ ६२ शटर र दक्षिण ७२ शटर गरी जम्मा १३४ शटरको भाडा दर १० हजारले कुल भाडा रकम १ करोड ६० लाख ८० हजार को १०
प्रतिशतले हुन् आउने रकम १६ लाख ८० हजार,यस्तै राप्ति प्रादेशिक अस्पताल देखी तुलसी बोर्डिंग चोक सम्म पुर्व ५५ र पश्चिम ४५ गरी जम्मा १०० शटरको भाडा दर ५ हजारले कुल भाडा ६० लाख रुपैयाँ को १० प्रतिशतको दरले हुन् आउने रकम ६ लाख रुपैयाँ , त्यस्तै तुलसीपुर बोर्डिंग चोक देखी बाहिनी पर्खाल सम्म पुर्व तर्फ ५४ र पश्चिम तर्फ ८१ गरी जम्मा १३५ शटरको भाडा दर
७ हजारले कुल एक वर्षको भाडा १ करोड १३ लाख ४० हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ११ लाख ३४ हजार रुपैयाँ, त्यसै गरी सुनिल स्टेशनरी देखी बाहिनी चोक सम्म पुर्व ५५ र पश्चिम ५७ गरी जम्मा ११२ शटरको ५ हजारका दरले एक वर्षको कुल भाडा ६७ लाख २० हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ६ लाख ७२ हजार ,त्यस्तै घोराही तुलसीपुर
हाईवे बिजौरी उ वा संघ मा आवद्द व्यवशायिक शटर संख्या ३०७ को उपमहानागराले तोकेको भाडा दर ६ हजारको एक वर्षको कुल भाडा रकम २ करोड २१ लाख ४ हजार रुपैयाँ को १० प्रतिशत ले हुन् आउने रकम २२ लाख १० हजार ४०० रुपैयाँ वार्षिक असुल्न सक्ने भए पनी नअसुलेको पाईएको छ | यसै गरी घ लाईनमा पुर्व पश्चिम गरी १३६ शटर बस पार्क देखी भ्याली पेट्रोल पम
सम्म १८४ शटर गरी ३ सय २० शटरको मासिक ४ हजारका दरले एक वर्षको कुल भाडा रकम १ करोड ५३ लाख ६० हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम १५ लाख ३६ हजार रुपैयाँ ,यस्तै न्यु रोडमा होटेल बाहेक व्यवशायिक शटर संख्या २७ र प्रती शटर ४ हजारका दरले एक वर्षको कुल भाडा रकम १२ लाख ९६ हजारको १० प्रतिशतले हुन् आउने रकम १ लाख
२९ हजार ६ सय रुपैयाँ, त्यसै गरी पातु खोला पुल वारी पट्टी ५७ शटर रहेको र भाडा दर ३ ह्जार मासिकका दरले कुल भाडा २० लाख ५२ हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम २ लाख ५ हजार २ सय रुपैयाँ,यस्तै गरी पिपलबोट देखी आलु
मण्डी हुँदै रानिजरुवा साईडमा २१७ शटरको मासिक भाडा दर ३ हजार ले एक वर्षको कुल भाडा ७८ लाख १२ हजार रुपैयाँको १० प्रतिशतले हुन् आउने रकम ७ लाख ८१ हजार २ सय रुपैयाँ, त्यसै गरी तुलसीपुर उपमहानगर भित्र संचालित ठुला साना होटेल संख्या ६९८ को मिनिमम भाडा एक होटेलको १० हजार मासिक दरले एक वर्षको कुल भाडा रकम८ करोड ३७ लाख ६०
हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ८३ लाख ७६ हजार रुपैयाँ, यस्तै तुलसीपुर क्षेत्रमा संचालित बैंक संख्या २४ रहेको छ भने ती बैंक हरुले २ लाख सम्म मासिक भाडा तिरी रहेको भए पनी प्रति बैंक ३० हजार मासिक भाडाले एक वर्षको कुल भाडा रकम ८४ लाख ४० हजार हुन्छ भने सो रकमको १० प्रतिशत ले हुन् आउने बहाल कर रकम ८ लाख ६४ हजार
रुपैयाँ,यस्तै पुरानो बस पार्क देखी उ वा संघ सम्म ९२ शटरको मासिक भाडा दर ४ हजारका दरले एक वर्षको कुल भाडा रकम ४४ लाख १६ हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ४ लाख ४१ हजार ६ सय रुपैयाँ वार्षिक बहाल कर गुमी रहेको पाईएको छ |
घर घर सम्म पुग्नै सकेन तुलसीपुर उपमहानगरको घर बहाल कर
उपमहानगरको वडा नम्बर ५ मा घर धुरी संख्या ३ हजार ६ सय ८ रहेको छ भने प्राय घर ३ तले देखी ४ तले सम्मका छन् ती घर हरुमा ४ देखे १२ वटा सम्म कोठा रहेकामा हामीले सर्वेक्षण गर्दा न्युनतम रुपमा ५ नम्बर वडाका सबै घर हरुका माथिला तला हरुको २ हजार कोठा भाडामा गएको देखिन्छ भने ती कोठा हरुको वास्तविक घर भाडा घर धनी हरुले प्रती महिना प्रती कोठा
५ हजार भन्दा माथी बुझि रहेका छन त्यसलाई न्युनतम भाडा मासिक १५ सय रुपैयाँका दरले घर बहाल कर उठाएमा एक वर्ष को ३६ लाख रुपैयाँ उपमहानगरको खातामा रकम जम्मा गर्न सकिने भए पनी हाल सम्म माथिलो तलाको भाडाको बहाल कर एक रुपैयाँ पनी न उठाएको कुरा राजश्व अधिकारी स्वयम् ललित बहादुर घर्तीले स्वीकारेका छन् |त्यसै गरी वडा नम्बर ६ मा ६
हजार ७३ घर धुरी रहेकोमा त्यो वडाका अधिकांस घर हरुमा राप्ती बबई क्याम्पस र मा बि उ मा बि संचालन भएका संस्थागत बिद्यालय हरुमा अध्ययनरत अन्तर जिल्लाका बिद्यार्थी हरुले कम्तिमा १ हजार कोठा भाडामा लिएर बसेको भए पनी घर बहाल कर हाल सम्म ती घर सम्म नपुगेको पाईएको छ भने जस बाट उपमहानगरले वार्षिक झन्डै १८ लाख रुपैयाँ गुमाई रहेको छ |
त्यस्तै वडा नम्बर ९ मा ३७७३ घर धुरी छ जसमा कम्तिमा पनी ३ सय कोठा भाडामा लगाई रहेको पाइएको छ भने प्रति कोठा ३ हजारका दरले भाडा असुली रहेको पनी पाईएको छ भने १ हजारका दरले भाडा निर्धारण गरी ३ सय कोठा को एक वर्षको भाडा ३६ लाख हुन्छ भने त्यसको १० प्रतिशतले हुन् आउने रकम ३ लाख ६० हजार रुपैयाँ उपमहानगरले गुमाई रहेको छ | यसै
गरी वडा नम्बर ८ मा २२ सय ८ घर धुरी रहेकोमा त्यस वडामा कम्तिमा १५० संख्याको कोठा भाडामा लगाएको हाम्रो सर्वेक्षण ले फेला पारेको छ भने मासिक १ हजारका दरले भाडा निर्धारण गरी १५० कोठाको वार्षिक भाडा रकम १८ लाखको १० प्रतिशतले हुन् आउने रकम १ लाख ८० हजार रुपैयाँ पनी उपमहानगरले गुमाई रहेको पाईएको छ |
अस्तव्यस्त राजश्व शाखाको लथालिंग ब्यबशाय कर असुली प्रकिया
यसै गरी तुलसीपुर उपमहानगरपालिका भित्र दर्ता भएका ब्यबशायी हरुको संख्या ७ हजार ८१ रहेको भए पनी ब्यबशाय कर बुझाउने संख्या ना को बराबर रहेको पाईएको छ | उपमहानगरमा हाल सम्म जम्मा १ हजार १ सय ५३ जनाले मात्रै नियमित ब्यबशाय कर बुझाउने गरेको कुरा उपमहानगरपालिका बाट प्राप्त विवरण मा उल्लेख छ | हामीले तुलसीपुर बजार भित्रका र
केही वडाका व्यापारिक शटर गणना गर्दा २ हजार ४ सय ९९ शटर हरुमा १ लाख रुपैयाँ पुँजी देखी १ करोड पुँजी लगानी सम्म का ब्यापारी ले ब्यापार गरी रहेको फेला पारेका छौं भने उपमाहानगरको राजश्व शाखाले भने केवल ५ लाख सम्म को पुँजीको मात्रै न्यून ब्यबशाय कर असुल्ने गरेको पाईएको छ | राप्ती पहिचान डटकम का ब्यबशाय सम्बन्धी विज्ञको तुलसीपुर बजार
अनुगमन र ब्यबशाय मुल्यांकन टिम लिडर को प्रतिवेदन अनुसार उपमहानगरले सो मुल्यांकन गरी ब्यबशाय कर असुलेमा वार्षिक कम्तिमा पनी १ करोड २२ लाख ९ हजार ४ सय रुपैयाँ ब्यबशाय कर उठ्न सक्ने तथ्य पेश गरेको छ भने आ व २०७९ /०८० मा उपमहानगरले केवल ८१ लाख ४९ हजार मात्रै ब्यबशाय कर असुलेको कुरा उपमहानगर बाट प्राप्त जानकारीले
देखाएको छ भने यसरी ब्यबशाय कर वार्षिक ४० लाख रुपैयाँ कम उठी रहेको पाईएको हो | यसै बिषयमा हामीले तुलसीपुर उपमहानगरपालिका का राजश्व अधिकारी ललित बहादुर घर्ती लाई फोन सम्पर्क गरी यती धेरै रकम बहाल कर र ब्यबशाय कर उठाउन सकिने आधार हुँदा हुँदै पनी किन यती कम रकम उठाउनु भएको हो भनी सोधनी गर्दा यस अघी कोरोना काल पनी
थियो र म यो शाखामा पनी थिएन हजुर ले भने जस्तै बहाल कर र ब्यबशाय कर ब्यबश्थित गर्ने पर्ने तर्फ मैले पनी देखेको छु र अब तिहार पछाडी बाट तपाईले भनेका शिर्षकका कर उठाउन बजार अनुगमन र घर अनुगमन गर्ने तयारी गरेका छौं भनी जवाफ फर्काए | देख्दा देख्दै पनी बहाल कर र ब्यबशाय कर उठाउन सक्ने मिल्ने जती पनी उठाउन नसकेकाले तपाई लाई अ-
सक्षम राजश्व अधिकारी भन्न मिल्छ की मिल्दैन भन्ने हाम्रो अर्को प्रश्नमा म यो शाखामा बस्ने पर्छ भन्ने केही छैन म अर्को शाखामा पनी जान सक्छु र आफुले आफैलाई अ-सक्षम त् कसरी भनु र भन्ने जवाफ दिए | स्मरण रहोस तुलास्पुर उपमहानगरपालिका मा घर बहाल कर ३ करोड ६८ लाख ७८ हजार रुपयाँ सहजै उठाउन सक्ने भए पनी २०७९/०८० मा उपमहानगरले मात्रै १ करोड
९८ लाख ७२ हजार रुपैयाँ मात्रै बहाल कर उठाएको छ यसरी सबै जोड्दा उपमहागराले वार्षिक २ करोड १० लाख ६ हजार ८ सय रुपैयाँ राजश्व शिर्षक को केवल २ वटा शिर्षक बाट मात्रै गुमाई रहेको छ भने उपमहानगरको आर्थिक ऐनमा उल्लेख भएका अन्य राजश्व शिर्षकमा के कती राजश्व उठ्यो र कती उठाउन सकिन्छ र किन उठी रहेको छैन भन्ने बारे राप्ती पहिचान डटकमले अनुसन्धान गरी रहेको छ |यस तर्फ तुलसीपुर उपमहानगरपालिकाले पनी जिम्मेवारी तोकी पठाईएका अधिकारी हरु बाट तोकी पठाईएको काम काज भयो की भएन? भएन भने किन भएन भनेर जवाफ लिन जरुरी देखिन्छ |