जाजरकोट अपडेट : भूकम्पमा मृत्यु हुनेको संख्या ९२ पुग्यो

जाजरकोट १८ कार्तिक २०८० ,जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।भूकम्पका कारण ५५ जना घाइते भएका

छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए ।  घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ ।

प्रतिक्रिया