बिदेशी भूमीमा सिकेको फुल खेती सम्बन्धी सिपले नेपालमा स्वरोजगार बनायो-वि क

दाङ :  तुलसीपुर उपमहानगरपालिका १२ रझेनामा  शशिराम विश्वकर्माले एक जना भाइ  महेश वलीसँग मिलेर विगत २ वर्षदेखि रझेनामा जग्गा भाडामा लिएर व्यवसायिक सयपत्रीको फूलखेती गर्दै आएका छन् ।उनी करिब ११ वर्ष कतारमा बसेर आएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ, भनेर यो व्यवसाय शुरु गरेको उनले बताए । उनी २०६३ सालमा कतार गएका थिए । त्यहाँ एउटा कम्पनी अस्पताल बनाउन लाग्दा अस्पतालको गार्डेन  बनाउने बेला इन्जिनियर तथा प्राविधिकहरूले फुल खेती लगाएको देखेका थिए । त्यसपछि उनलाई पनि आफ्नै ठाउँमा यस्तो गरे राम्रा हुन्थ्यो, होला जस्तो लागेपछि नेपाल आएर यो व्यवसाय शुरु गरेको बताए ।

उनले भने,‘ विदेशमा यसको बारेमा प्राविधिक  कुराहरू थाहा पाएको थियो । हाम्रो देशमा भारतबाट बर्सेनी यति करोड, अर्बको फुल आएको समाचारहरू सुन्ने गरेको थिए । अब देशमा केही गर्नु पर्छ, लाग्यो र  एक जना भाइसँग मिलेर यो व्यवसाय गरेको हो । केही सिकेका छु । केही सिक्ने क्रममा रहेको छु ।’ विदेशमा बसेर अन्य कामहरू सिकेको भएयता पनि अहिले यो फुल व्यवसाय मात्र काम लागेको उनको भनाइ छ । उनका अनुसार रझेनामा साढे २ बिगाहा  र घोराही ११ मजगैं २ बिगाहा जग्गा भाडामा लिएर खेती गरिएको छ ।

जग्गाको भाडा वार्षिक प्रति कठ्ठा १५ सय रहेको पनि उनले बताए ।   यस्तै आफूहरूको लक्ष्य चाडपर्वको लागि मात्र नभइ बाह्र महिनाको लागि रहेको भएयता पनि बजारको कारण समस्या भइरहेको समेत बताए । जिल्लामा चाडपर्व वा अन्य कुनै कार्यक्रममा मात्र फूलहरू आवश्यक पर्ने भएकाले पनि उत्पादन भएको फुल बाहिर पठाउन ढुवानीको समस्या र चिस्यान केन्द्र नहुँदा त्यति कै खेरा जाने गरेको समेत उनको भनाइ छ । यस्तै उनले स्थानीय सरकारले आफूहरूलाई यि कुरामा सहयोग गरेमा बाह्र महिना फूलहरू उपलब्ध गराउने समेत दाबी गरे ।

अहिले तिहारको लक्षित गरेर ४ बिगाहामा सयपत्री फूलहरू तयार भइरहेको समेत उनले बताए ।   उनका अनुसार फुल खेती मात्र नभइ विभिन्न प्रजातिका घाँस तथा बोट बिरुवाहरूको नर्सरी समेत रहेको छ ।  तुलसीपुर उपमहानगरपालिकाले गत असोज २३ गते एक सूचना निकालेर दशैँ, तिहार र छठ पर्व जस्ता चाड पर्वहरूमा प्लाष्टिकजन्य फुल, माला बिक्री वितरणमा रोक लगाएको छ । जसका कारण पनि आफूहरूलाई धेरै खुशी लागेको शशिरामले बताए ।

उनले भने,‘ यसले गर्दा पनि हामीलाई थप उर्जा तथा हौसला मिलेको छ । बजारमा पाइने प्लाष्टिकका मालाले गर्दा हामीहरूले धेरै असर हुने गर्दथ्यो । तर, यस पटक उपमहानगरले  रोक लगाएपछि अब सहज हुने भयो । यस्तो निमय सधैँ लागू भएमा हामी अझै धेरै जग्गामा फुल खेती गर्ने थियौँ ।’ उनका अनुसार प्लाष्टिकमा माला लगाउँदा त्यति राम्रो नदेखिने र वातावरणमा पनि असर गर्न भएकाले यस्तो निर्णय सबै ठाउँमा लागू हुनु पर्ने बताए । यस्तै उनले स्थानीय सरकारले आफू जस्तै  फुल व्यवसायीहरूलाई तालिम लगायत अन्य कुराहरूमा सहयोग गरेमा अझ उर्जा मिल्ने समेत बताए ।

प्रतिक्रिया