दुर्व्यसनी हरुलाई नयाँ जिबनको नयाँ पाईला प्रदान गर्दै दाङ स्थित नयाँ पाईला पुन;स्थापना केन्द्र [ सुधार गृह ]

रमा बुढा मगर -=====

दाङ ६ असोज २०८०, दाङको तुलसीपुर १९ हाडीमे स्थित नयाँ पाईला पुन;स्थापना केन्द्र हाल जानअन्जानमा लागु पदार्थ दुर्व्यसनीमा फस्न पुगेका हरुको लागी नयाँ जिबन को नयाँ पाईला बन्न पुगेको छ | नयाँ पाईला पुनस्थापना केन्द्रले बडा दशैं २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ता हरुले यस्तो बताएका हुन भने सामाजिक र

प्रशासनिक मूल्यांकनमा पनी यो केन्द्र उत्कृस्ट सुधार गृहको रुपमा ख्याती बटुल्न सफल भएको पाईएको छ | सुधार गृहमा अत्यन्त न्यून शुल्क लिएर दुर्व्यसनीमा परेका हरुलाई मनोपरामर्श क्लास कोचिंगको माध्यम अपनाएर नयाँ जिबन र नयाँ पाईला

दिईदै आएको छ | लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल को प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिका का नगर प्रमुख टिकाराम खडका को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सुधार गृहका प्रेस सल्लाहकार गोकर्ण पौडेल ले गरेका थिए |उक्त कार्यक्रममा सहभागी हुन् आउने आगन्तुक पाहुना हरुलाई स्वागत सुधार गृहका संचालक सुरेश भुसाल ले गरेका थिए |

प्रतिक्रिया