
दाङ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले उपमहानगर दायित्वबाट मुक्त भएको बताए । उनका अनुसार अघिल्लो दायित्व ४३ करोड रहेको थियो । त्यसमा पनि २७ वटा थप आयोजनाहरू टेन्डर भएका थिए । जसले गर्दा हामीलाई करिब ६० करोड दायित्व रहेको थियो ।त्यस्तै त्यो सबै दायित्वलाई घटाएर अहिले शून्यमा झारेको भन्दै अब नियमित
कामहरू हुने समेत बताए । उनका अनुसार यो एक वर्ष भित्रमा आफू र उप– प्रमुखले उपमहानगरबाट कुनै पनि अतिरिक्त सेवा नलिएको र आफूले सहि गरेर पाउने भत्ता मात्र लिएका छौँ ।उनले भने,‘ हामीले एक प्रकारको हामी भित्र अनियमित हुने जुन प्रकारका योजनाहरू थिए । त्यो सबै शून्यमा झारेका छौँ । कुनै प्रकारका अनियमित कामकाज गर्न दिएका छैनौँ ।’ यस्तै
आफूहरूले उपमहानगरलाई कसरी हुन्छ, आर्थिक रुपमा अगाडि बढाउनको लागि मात्र काम गरिरहेको भन्दै उनले चोरी निकास तथा अवैध व्यापारीहरूलाई नियन्त्रणमा ल्याउनको लागि कडाइका साथ जादा धेरै गाली खाएको समेत बताए ।

उनले भने,‘ जसले गल्ती गरेका छन् । उनीहरूलाई कारबाही गर्दा हामीलाई गाली गरेका छन् । त्यो गालीहरूलाई ग्रहण गर्दै हामी अगाडि बढेका छौँ । जुन जुन अवैध तथा अनियमित खालका गतिविधिहरू हुने गरेका थिए । त्यो हामीले अन्त्य गरेका छौँ ।’
यस्तै उनले संघ र प्रदेशमा हुने आयोजनाहरूमा स्थानीय सरकारसँग कुनै पनि समन्वय नहुँदा समस्या हुने भन्दै यस्ता आयोजनाहरूमा समन्वय हुन जरुरी रहेको पनि उल्लेख गरे । यस्तै उनले धेरै मानिसहरू करको दायरमा नआउने गरेको बताए । उनले भने,‘ धेरै मानिसहरू कर नतिर्ने , कर छल्ने, कागजपत्र नदेखाउने र एउटा भ्याट बिलबाट एक महिनासम्म चलाउने
जस्ता गलत कारणले गर्दा देशमा आर्थिक मन्दी भनी रहेका आर्थिक मन्दी हुनुको यो पनि एउटा कारण हो ?’ उनका अनुसार तिन वटै सरकारमा भने जति राजश्व संकलन नभएपछि भने जस्ता ठूला आयोजनाहरू समयमा सम्पन्न हुँदैनन् । भने जस्तो नयाँ योजनाहरूलाई अगाडि बढाउन सकिँदैन ।देशमा विकास निकास गर्न भनेका राजश्वबाट नै हुने उनको भनाइ छ । उनले भने,‘
संघ, प्रदेशले जे दिन्छ, र स्थानीय सरकारमा जे जुट्छ । त्यहीबाट नै हामीले विकास निर्माणको काम गर्ने हो ? कसैले घरबाट ल्याएर काम गर्न सक्दैन । सबै व्यवसायीहरू करको दायरमा आउनु पर्ने हुन्छ ।’ अहिले देशमा भएको आर्थिक मन्दी पनि अवैध कारोबार गर्ने मान्छेहरूका कारण भएको भन्दै उनले अवैध कारोबारले गर्दा बजारलाई तरलतामा ल्याउने र पैसा नआउने
भएकाले आर्थिक मन्दीमा रहेको समेत बताए । उनले भने,‘ संघ र प्रदेशका योजना र हाम्रा योजनाहरू पनि समयमा सम्पन्न नहुन नै आर्थिकका कारणले नै हो ? हामीले एक वर्ष आफै बेथिति गरेका छौँ । अबका दिनमा त्यस्ता कुराहरूबाट मुक्त हुनुपर्छ, भन्ने हाम्रो चाहना हो ।’