
रमा बुढा मगर-=====
दाङ ३० असोज २०८० । तुलसीपुर उपमहानगरपालिकाका मेयरका छोराको बिहेमा न जन्ती थिए न त घरमा भोज नै थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका कान्छा छोरा अनिल खड्काले तुलसीपुर १८ निवासी ज्ञानु घर्तीसँग असोज २८ गते सामान्य तरिकाले विवाह गरे । अनिलकी आमा झुमा कुमारी वली गाउँकै विद्यालयको प्रधानाध्यापक
हुन ।उनले भनिन्,‘ मेयरको छोराको बिहे निकै तामझाम, भोज भतेर हुन्छ होला भनेर धेरैले सोच्नु भएको थियो होला ? तर हामीले सामान्य तरिकाले विवाह सम्पन्न गरेका छौँ, परिवर्तन हामीबाटै गर्नुपर्छ भन्ने तर व्यवहारमा उत्तान धेरैलाई सकस परिरहेका बखत हामीले सहजै तरिकाले सम्पन्न ग-यौ ।’

अनिल र ज्ञानुले असोज २९ गतेका दिन तुलसीपुर ६ गाइडरमा रहेको मानव सेवा आश्रममा परिवारकै बीचमा सात्विक भोजन कार्यक्रम सम्पन्न गरेका थिए। उनले भने,‘ अनावश्यक खर्च गर्नुहुँदैन भन्ने बुवा आमाको सदैव प्रेरणा हुँदै आएको छ, विवाहमा हुने खर्चलाई कम गरेर थोरै भएपनि मानवीय सेवामा समर्पण ग-यौ । ’ मातृदेवोः भवको भावलाई शिरोधार्य गर्दै अनिल खड्काकी आमा झुमाकुमारी वलीको अध्यक्षता एवम् राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

दलित आयोगका अध्यक्ष विश्वकर्माले भने नेताले भाषण गर्छन्, तर व्यवहारमा उर्तादैनन् भन्ने जनगुनासो छ। तर, त्यसलाई नगरप्रमुखको परिवारले तोड्नु भएको छ । सामान्य तरिकाले छोरा बुहारीको विवाह सम्पन्न भएको छ । । समाज अब बोलि हैन व्यवहारले परिवर्तन गर्नुपर्छ । सादगी नेताका रुपमा परिचित हुनुहुन्छ त्यसलाई व्यवहारमा उतार्नु भएको छ ।
नगरप्रमुख टीकाराम खड्काले समाज परिवर्तन आफैँबाट गरौँ भन्ने भावना हिजो पनि भएको र आफूले पनि सामान्य रुपमै विवाह सम्पन्न गरेको बताउनुभयो । उनले छोराले विवाह गरेर ल्याएपछि बुहारी नभई आफ्नो घरमा छोरी आएको बताए । अनिल दाजु सुशील खड्काले समाज नेतृत्वबाटै धेरै कुराको सिकाइ हुने भएकाले भाइ बुहारीको विवाह सामान्य तरिकाले सम्पन्न गरेको बताए