राप्ति पहिचान
बाँके १६ असोज २०८०। बाँकेको नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज दिउँसो १२ बजेदेखि कर्फ्यू जारी गरिएको हो ।
हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुन सक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रशाशन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।
आज मंगलबार बिहानै नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव ¥याली निकालिएको थियो ।
तर, सद्भाव र्यालि निकालिएपनि हिन्दु समुदायले नेपालगञ्ज बन्दको आह्वान गर्दै जुलुस निकालेर तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले स्थिती नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यु जारी गरेको हो । हाल बाँकेको अवश्था सामान्य रहेको कुरा हाम्रा समाचारदाता बिर बहादुर बि क ले नेपालगंज बाट बताएका छन्