रगतको आहाल,शव पोस्टमार्टम गृहको बेहाल,चरम राजनीतिक चपेटामा राप्ति प्रादेशीक अस्पताल

रमा बुढा मगर -======

तुलसीपुर १० असोज २०८० | राजनीतिक दलको बल मद्दतमा सरुवा मिलाई आएका वा अस्पताल ब्यबश्थापन समिति बाट नियुक्त भएका डाक्टर र अस्पताल कर्मचारी संयन्त्र भित्र कसैले कसैको सुन्दैनन, कसैले कसै लाई गन्दैनन, गती छाडा ब्यबश्थापनका कारण अस्पतालको बेहाल | दाङको तुलसीपुर स्थित् राप्ति प्रादेशिक अस्पतालमा देखिएको गतिविधी हो यो |

शव पोस्टमार्टम गर्ने कोठा बाहिर शव राख्ने फ्रिज वरपरको जमिनमा पोखिएको रगतको आहाल जसलाई सर-सफाई समेत गरिदैन,दुर्गन्धका लागी छोडिएको छ |

सल्यान,रुकुम पश्चिम रोल्पा र दाङका नागरिक हरुमा सुलभ स्वाश्थ्य सेवा पुर्र्याउन नेपाल सरकार ले प्रादेशिक तहको अस्पताल र जनशक्तीको ब्यबश्था गरेको भए पनी फितलो ब्यबश्थापनका कारण बिरामी भएर दैनिक २५० जनाको हाराहारीमा अस्पताल आउने बिरामी हरुले सहज रुपमा स्वाश्थ्य सेवा पाई रहेका छैनन् भने जता ततै लथालिंग भताभुंगको अवश्था देख्न

शव पोस्टमार्टम गृहको ढोकामा थुप्रीएको रगताम्य ग्लोब र रगताम्य सेता कपडाको थुप्रो |

सकिन्छ |यस्तै लथालिंग भताभुंग दृश्यको नमुना राप्ती प्रादेशिक अस्पतालको शव गृह र पोस्टमार्टम गृहमा देखिएको छ | प्राय शव गृहमा हत्या भएका,आत्म हत्या गरेका वा दुर्घटनामा परी ज्यान गुमाएका नागरिक को शव राखिने र पोस्टमार्टम गरिने गरिन्छ | त्यही शव गृह भित्र देखी नसक्नुको दृश्य देखिएको छ |शव पोस्टमार्टम गृहको पोस्टमार्टम कोठा भन्दा बाहिर शव राख्न

बनमाराको झाडीले ढाक्न लागेको शव गृहको फोटो

फ्रिज राखिएको छ, फ्रिज वरपरको जमिनमा ज्यान गुमाएका नागरिक हरुको रगतको आहाल देखिन्छ,शव गृहको ढोका मै शव पोस्टमार्टम गर्दा डाक्टर र अन्य कर्मचारी हरुले प्रयोग गरेको रगताम्य ग्लोब,रगतले लथपथ भएको सेतो कपडाको थुप्रोले दुर्गन्ध छोडी रहेको भए पनी अस्पताल प्रशासनले त्यो रगतको आहाल र रगताम्य ग्लोब तथा सेता कपडा लाई ब्यबश्थापन गरी सर-

कानुनी प्रक्रिया का लागी आफन्तको शव लिएर आएका हरु शव गृह बाट निस्किएको दुर्गन्ध बाट बच्न शव गृह भन्दा टाढा बसेको फोटो

सफाई समेत नगरेको पाईएको छ | रगताम्य ग्लोब र अन्य रगताम्य भएका पदार्थको सडन बाट निस्केको दुर्गन्धले अस्पतालको शव पोस्टमार्टम गृह वरपर मानिस हरु जान नसक्ने अवश्था भएको भए पनी यस बारे अस्पताल ब्यबश्थापन समिती बेखबर देखिएको छ | अझ अर्को कुरा शव पोस्टमार्टम गृह लाई बनमाराको झाडीले ढाक्न लागी सकेको छ भने शव पोस्टमार्टम गृह

वरपर घनघोर जंगल जस्तै देखिने गरी झाडी पलाएको छ | अस्पातल ब्यबश्थापन समितिले त्यता तर्फ देखे नदेखे गरी बसी रहेको पाइएको छ | यसै बिषयमा हामीले राप्ती प्रादेशिक अस्पताल का अस्पताल बिकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने लाई फोन सम्पर्क गरी अस्पतालको यो दुर्दशा बारे सोधनी गर्दा उनले यस बारे जवाफ दिन सकेनन | तपाई अध्यक्ष

भएको अस्पतालको शव गृह र शव गृह वरपरको दृश्य तपाई ले देख्नु भा छ की छैन भन्ने हाम्रो अर्को प्रश्नमा कुनै जवाफ नफर्काई आफु अहिले बाहिर भएको र बाहिर बाट फर्के पछी के भएको हो बुझेर बताउने कुरा बताए | राप्ती प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने को यो दोस्रो कार्यकाल हो भने उनलाई नेकपा एमालेको तत्कालिन

लुम्बिनी प्रदेशका मुख्यमंत्री लिला गिरीको सरकार ले अस्पताल बिकास समितिको अध्यक्ष को लागी दोस्रो पटक नियुक्त गरेको हो | जो जस बाट नियुक्ती पाएर आएको भए पनी पदमप्रसाड न्यौपाने राप्ती प्रादेशिक अस्पतालका अ-सक्षम अध्यक्ष भएको चर्चा तुलसीपुर क्षेत्रमा चल्न थालेको छ |

प्रतिक्रिया