रमा बुढा मगर-======
तुलसीपुर ५ असोज २०८०, तुलसीपुर स्थित जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय दाङ बाट आ व २०७९/०८० मा निर्माण सम्पन्न भएका र हाल सम्म निर्माणाधीन अवश्थामा रहेका १८ वटा योजनामा भ्रस्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगंज बाँकेमा उजुरी परेको छ | कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा संघीय
सरकारको लगानीमा निर्माण हुने गरी ११२ वटा सिचाई योजना लाई बजेट छुट्ट्याएको थियो भने ती मध्य १८ वटा सिचाई योजना निर्माण गर्दा सार्वजनिक खरिद ऐनले ब्यबश्था गरे बमोजिम केही योजना बाहेक धेरै योजना खरिद प्रक्रिया बाट निर्माण कार्य नगरी उपभोक्ता संग योजना सम्झौता गर्ने र अन्य कुनै कानुनी प्रक्रिया पुरा नगरी उक्त योजनाको काम गर्ने जिम्मा कार्यालयको
सम्पर्कमा बस्ने केही ब्यक्ती लाई दिएकाले त्यहाँ भ्रस्टाचार भएको हो भनी उजुरी परेको हो |त्यस्तै ती योजना हरुमा निर्माण सामग्री कम गुणस्तर र कम परिमाणमा प्रयोग गरेको,योजना निर्माणको लगत स्टिमेटमा उल्लेख भएको परिमाण अनुसार काम नगरेको,सिचाई नहर बनाउदा नहरको जग मा लागत स्टिमेटमा उल्लेख गरिएको ढुंगा शोलिंग नगरेको,कंक्रिट नहर स्टिमेटमा
उल्लेख भए बमोजिम नबनाई कम बनाएको,सिचाई नहर निर्माण स्टिमेटमा ३ सुता देखी ५ सुता छड प्रयोग गर्ने भनी भनेको भए पनी रिंग तार लाई छडको रुपमा प्रयोग गरेको कुरा उजुरीमा उल्लेख गरिएको छ | उजुरी परेका १८ वटा योजनाको लागत स्टिमेटको रकम १६ करोड ७० लाख ३३ हजार ४९० रुपैयाँ रहेको कुरा श्रोत ले राप्ती पहिचान लाई बतायो | उजुरीमा
तुलसीपुर स्थित जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय दाङमा कार्यरत कार्यालय प्रमुख यामनारायण श्रेष्ठ,सो ही कार्यालयमा कार्यरत इन्जिनियर मंगल बहादुर बम,सव-इन्जिनियर हरु चक्करी सार्की,मान बहादुर बिष्ट,भुपेन्द्र खड्का,गोरख बहादुर चन्द, बिर बहादुर बि सी र कार्यालयका लेखा अधिकृत दिपक गोराथोकी लाई विपक्षी बनाईएको छ | यसै गरी उजुरी
परेका १८ वटा सिचाई योजना मध्ये पश्चिम बाईसे सिचाई कुलो समितिका अध्यक्ष निम बहादुर बस्नेत बाहेक १७ वटा सिचाई योजना निर्माणका ठेकेदार कम्पनीका संचालक ४ जना र १३ जना सिचाई कुलो संरक्षण समितिका अध्यक्ष हरुलाई विपक्षी बनाई उजुरी दिइएको कुरा श्रोतले जानकारी दिएको छ | यसै बिषयमा के भएको हो भनी जलश्रोत तथा सिचाई बिकास डिभिजन
कार्यालय तुलसीपुरका कार्यालय प्रमुख यामनारायण श्रेष्ठ लाई फोन सम्पर्क गरी तपाईको कार्यालयको यती ठुलो रकमको मुद्दा तपाई बिरुद्द अख्तियारमा किन दर्ता भयो? भनी सोधनी गर्दा आफुलाई यस बिषयमा कुनै जानकारी नभएको कुरा बताए | खोइ त् मलाई अहिले सम्म जानकारी आको छैन,अख्तियारले पत्राचार गर्ला पत्राचार गरे पछी मात्रै के र किन दर्ता भयो भनेर भन्न
मिल्छ श्रेष्ठले हामी संग भने | तपाई हरुलाई निर्माण आयोजना हरुमा ठेकेदार कम्पनी संग मिलेर कमसल खालका र कम परिमाणका निर्माण सामग्री हरु प्रयोग गर्न लगाएको आरोप पनी लागेको रहिछ यसमा तपाईको भनाई के छ ? भनी सोध्दा उनले
राम्ररी जवाफ दिन मानेनन | आफु संग नजिक रहेका ब्यक्ती हरुलाई मिलेमतोमा कोटेशन ठेक्का पनी दिनु भा रैछ भन्ने हाम्रो अर्को प्रश्नमा उनले काम गरेर खाने लाई काम गर्न दिएको हो अरु केही गरेको होइन भन्ने जवाफ फर्काए |