पैसा लिन्छन रसिद दिन्नन, २५ हजार रुपैयाँ जरिवाना बुझाएँ रसिद दिएनन-एक नागरिक

रमा बुढा मगर-========

तुलसीपुर १३ भदौ २-०८०, दाङ को तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर ३ डाँडाखुटी निवासी ट्रेक्टर ब्यबशायी को रा १ त् ४४६७ नम्बरको ट्रेक्टर बुधबार भदौ १३ गते नगरपालिकाको नदिजन्य पदार्थ अनुगमन गर्न निस्किएका अनुगमन कर्मचारीले अवैध नदिजन्य पदार्थ ढुंगा सहित पक्राउ गरेर तुलसीपुर उपमहानगरपालिका कार्यालयमा बुझायो | आफ्नो गाडी

अनुगमन कर्मचारी हरुले समातेको खबर पाएका गाडी धनी हतार हतार तुलसीपुर उपमहानगरपालिका कार्यालयमा पुगे र आफ्नो गाडी समातिएको बारेमा उपमहानगर को राजश्व संकलन शाखामा गई कुराकानी गर्दा गाडी छुटाउनु अघी २५ हजार रुपैयाँ जरिवाना बुझाए पछी मात्रै गाडी लैजान दिने कुरा उपमहानगरको राजश्व शाखाका कर्मचारी हरुले भने पछी उनले जेन

तेन गरेर २५ हजार रुपैयाँ जरिवाना तिर्ने रकम जुटाए | जुटेको रकम बोकेर गाडी धनी दण्ड बहादुर खत्रीले तुलसीपुर उपमहानगरपालिकाको राजश्व शाखामा पुगेर जरिवाना स्वरूप २५ हजार रुपैयाँ पनी बुझाए | रकम बुझाई सके पछी उनले रसिद मागे तर राजश्व शाखाका कर्मचारीले गाडी धनी के सी लाई रसिद दिन इन्कार गरे र एउटा सानो कागजमा केही व्यहोरा

लेखिएको फोटोकपी दिएर पठाए | के सी ले आफ्नो गाडी चालक लाई बोलाएर गाडी घर लैजान भने पछी चालकले गाडी घर लैजाने क्रममा तुलसीपुर बस पार्क पिपलबोट नजिक प्रहरीले पुनः गाडी नियन्त्रणमा लियो | गाडी पुनः प्रहरीले नियन्त्रणमा लिए पछी चालकले उपमहानगरमा जरिवाना तिरे पछी प्राप्त भएको त्यही कागज प्रहरीलाई देखाएर भर्खर २५ हजार जरिवाना तिरेर

गाडी निकालेर ल्याएको कुरा बताउदा प्रहरीले जरिवाना तिरेको रसिद लिएर आए पछी मात्रै गाडी छोड्ने कुरा बतायो | त्यस पछी गाडी धनी के सी ले पत्रकार लाई सम्पर्क गरेर घटना बारे बेलीबिस्तार लगाए | आखिर के भएको हो? २५ ह्जार रुपैयाँ तिरे पछी तिरेको रकम बराबरको रसिद गाडी धनी लाई किन दिईएन भनेर हाम्रा समाचारदाता उपमहानगरको राजश्व शाखामा पुग्दा

राजश्व शाखा अधिकृत ललित घर्तीको कुर्सी खाली थियो | त्यस पछी राजश्व शाखाका अन्य कर्मचारी हरुलाई रसिद किन नदिएको भनी सोध्दा राजश्व शाखा अधिकृतले नै रसिद नदिनु भनेकाले आफु हरुले वहाँ लाई रसिद नदिएको कुरा एक कर्मचारी ले बताए | हाम्रो शाखाको हाकिम ले रसिद दे भन्नुहुन्छ भने हामी दिन्छौं नत्र दिन्नौ उनले अगाडी भने | त्यस पछी राप्ती पहिचान

डटकम का कार्यकारी सम्पादक ले उपमहानगरको राजश्व शाखा का अधिकृत ललित घर्ती लाई फोन सम्पर्क गरी जरिवाना वा सेवा लिए वापत सेवाग्राहीले तिरेको रकमको रसिद सेवाग्राही लाई किन दिनु भएन भनेर सोधनी गर्दा रसिद दिनै पर्छ भन्ने कुरा हुँदैन हामी दिन पनी सक्छौं, नदिन पनी सक्छौं भन्ने जवाफ फर्काए | यो समाचार लेख्दा सम्म गाडी धनी के सी ले

उपमहानगरपालिका लाई जरिवाना स्वरूप बुझाएको २५ हजार रुपैयाँ को रसिद पाएका छैनन भने उपमहानगरको राजश्व शाखा बाट आफुले तिरेको रकम बराबरको रसिद नपाउने नागरिकको संख्या कती होला भन्ने बारेमा र नागरिक बाट रसिद बिनाको रकम असुल्ने राजश्व अधिकृत घर्तीले सो रकम उपमहानगरपालिकाको खातामा जम्मा गर्छन की गर्दैनन् भन्ने बारेमा पनी खोजी गर्नु पर्ने अवश्था सृजना भएको छ |

प्रतिक्रिया