
रमा बुढा मगर -===
सल्यान १२ भदौ २०८०, सल्यान जिल्लाको बागचौर नगरपालिका बिद्यार्थी आन्दोलन चर्किए पछी अ-शान्त बनेको छ | बागचौर नगरपालिका भित्रका ३ वटा विद्यालयका बिद्यार्थी आन्दोलित भए पछी यस्तो अवश्था सृजना भएको हो | न पा को वडा नम्बर ११ मा रहेको शिशु कल्याण माद्यामिक बिद्यालय , वडा नम्बर ३ मा रहेको अमरज्योती माद्यामिक विद्यालय र वडा नम्बर ६ मा
रहेको एक माद्यामिक विद्यालयका सयौं बिद्यार्थी आन्दोलित भए पछी बागचौर अ-शान्त भएको हो |न पा ले यस अघी आफु हरुलाई पढाइ रहेका शिक्षक हरुलाई एक्कासी हटाएको र त्यस पछी आफु हरुलाई पढाउने शिक्षक नपठाएको भन्दै बिद्यार्थी हरु आन्दोलित भएका हुन् | हाम्लाई पढ़नका लागी पढाउने शिक्षक चाहियो अरु हाम्लाई था छैन,, शिशु कल्याण माद्यामिक
बिद्यालय का एक छात्र ले राप्ती पहिचान संग भने | वडा कार्यालयमा एक्कासी ताला किन लगाउनु भएको हो? भन्ने हाम्रो प्रती प्रश्नमा वडा र नगरपालिका मिलेर पहिला हाम्लाई सरासरी पढाई रहेका बिषयगत शिक्षक लाई धपाईदिने समयमा शिक्षक पनी नपठाइदिने अनी हाम्ले बारम्बार शिक्षक पठाईदिनुस भनेर अनुरोध गर्दा हामलाई तिमी जायन हरु नबोल भनेर टार्ने
गरेकाले आज ताला लगाउन बाध्य भएका हौँ उनले अगाडी भने | यही बिषयमा हामीले बागचौर न पा का नगर प्रमुख जनकराज गौतम लाई सम्पर्क गरेर पढ्न गएका स-साना बिद्यार्थी हरु समेत आन्दोलित हुनुमा कसको दोष हो भनेर प्रश्न गर्दा बिद्यार्थी आन्दोलित हुनुमा अली अली राजनीतिक रंग र प्रतिशोधको झिल्को पनी देखिएको कुरा बताए | यस्तो अवश्था आउनुमा तपाईले
आफ्नो पनी कमजोरी रहेको देख्नु भयो की नाई? भन्ने हाम्रो प्रती प्रश्नमा हैन? मैले म जिम्मेवार होइन भनेर भनेकै छैन म नै जिम्मेवार हुनु पर्छ र मैले आफ्नो जिम्मेवारी पुरा गर्ने चरणमै छु,बिद्यालयमा शिक्षक पठाउनका लागी आवेदक हरुलाई पहिलो चरणको परिक्षा गराउने काम सकिएको छ भने अब दोस्रो चरण लगायतका प्रक्रिया पुरा गरी छनौट हुने योज्ञ शिक्षक ती
आन्दोलनमा रहेका बिद्यार्थी हरुलाई पढाउन का लागी पठाउदै छु गौतम ले अगाडी भने | यसै बिषयमा हामीले बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त गौतम लाई फोन गरेर तपाई प्रशासक भएको बागचौर न पा मा बालबालिका हरु नै आन्दोलित हुन् बाध्य किन भए? भनेर सोधनी गर्दा बागचौर नगरपालिका भित्र ६८ वटा बिद्यालय छन्, यी सबै बिद्यालय
हरुमा बागचौर नगरपालिकाले एक कक्षा कोठा एक शिक्षकको ब्यबश्था गर्ने नीतिगत निर्णय लिए अनुसार हामी लाई १२५ जना शिक्षक चाहिने भएकाले तत्काल पद-पुर्ती गर्न बिज्ञापन गरेका थियौं, ७०० जनाले आवेदन दिएर पनी पहिलो चरणको परीक्षा लिने काम भई सकेको छ अब छिट्टै थप प्रक्रिया पुरा गरी छनौट भएका, उत्तीर्ण भएका आवेदक शिक्षक हरुलाई तत्काल त्यहाँ
पठाउने गरी काम भई रहेको छ गौतमले हाम्रा समाचारदाता संग को कुराकानीमा भने | अनी पहिला खुरु खुरु पढाई रहेका शिक्षक हरुलाई बिना कारण लुरु लुरु घर तिर लखेट्नु भा हो रेन्त किन लखेट्नु भा हो? भन्ने हाम्रो प्रती प्रश्नमा हो यस अघी ६० जना नगर अनुदान का शिक्षक हरु हुनुहुन्थ्यो वहाँ हरुलाई बिदाई गरेको हो लखेटेको होइन भन्ने जवाफ फर्काए | बगचौर
नगरपालिकाको शिक्षा शाखा अन्तर्गत रहेर न पा को बिभिन्न बिद्यालय हरुमा पठनपाठन गराई रहेका यस अघिका ६० जना नगरपालिका अनुदान शिक्षक हरुलाई वर्तमान नगर प्रमुखको तजबिजमा बिदाई गरी उक्त संख्यामा ६५ जना नगरपालिका अनुदान शिक्षक थप गरी १२५ जना नगरपालिका अनुदान भर्ती गर्ने सुरसार बागचौर नगरपालिकाले थालनी गरी सकेको छ |