जुन वर्गलाई मुक्ति दिन खोज्यौं त्यही वर्ग बाट बिश्वास गुमायौं-भिम बहादुर वली,नेता माओवादी केन्द्र

प्रतिक्रियावादीहरु सशक्त भएका समयमा परिवर्तनकामीहरू एक ढीक्का भएर अगाडी बढन नसक्नु पनी अर्को रूपको प्रतिक्रियावादी दृष्टिकोण र चरित्र हो भनेर नेपालमा भ्रमीत हुनेहरूको संख्या पनी कम छैन। यो या त्यो रूपले प्रतिगमनलाई सहयोग पुर्याउने अनी आफु राम्रो अरु खराव देख्ने हामीसंग सारतः तिनवटा तरिकाहरू छन। ती तरिकाहरूलाई जबसम्म

सच्याउने हैसियत राख्दैनौ तब सम्म प्रतिक्रियावादीहरूको असामाजिक हर्कत अगाडी बढी रहने छ।पहीलो कुरा कुनै पनी पार्टी या संगठनको जीम्मेवारीपुर्ण अंगमा बसी कुनै पनी सक्रीय गतिविधी अगाडी बढाउन नसक्ने तर त्यो जिम्मेवारी नपाउँदा सम्म पहाडै उचाउछ की जस्तो सक्रीयता प्रदर्शन गर्ने। यो आजको संगठनमा रहेको खतरनाक प्रतिक्रान्तिको संकेत हो। हामीहरू

बेलैमा सचेतना रसंगठनलाई पुनर्विचार गर्न सकेनौ भने रूस र चीन लगायत अन्य मुलुकहरूमा जसरी क्रमसः सजिलो तरिकाबाटै प्रतिक्रियावादमा पतन बनाईयो सोही तरिका हाम्रा अगाडि पुर्णता दीन मात्र बाँकी छ।दोश्रो कुरा पार्टीको तलको जिम्मेवारीमा नबस्ने,माथीको अपेक्षा राख्ने, तलकालाई नपत्याउने नेताको दलाली गर्ने र संगठनको सहयोगीका रूपमा काम गर्छु भनी सारतः सराप्दै हिडने जुन चरित्र मौलायर आएको छ यो पनी घुमाएरै प्रतीक्रियावाद लाई आत्मसाथीकरण नै हो। यी चरित्र

हरूले आकार ग्रहण गरिसकेका छन हामीहरूले समयमै सुद्दिकरण अभियान मार्फत सही तरिका अवलम्बन गर्न सकेनौ भने यो जती खतरनाक प्रबृती संगठन समाप्त गर्नलाई अरू केही खोज्नै पर्ने छैन। उनीहरूलाई निरन्तर यथास्थितीमा राखे मात्रै प्रतिगामी हरूको मिसन पुरा हुने छ। तेश्रो कुरा आफ्नो घर सुधार ठुलो की संगठन भनेर बहस चलाउने कम्यूनिष्टहरू अब काम

लाग्दैनन् भनेर फेसबूक बाटै राजिनामा पेश गर्नेहरू,एकलै सकीनेवाला छैन भनेर हिडने कतैन कतै आत्मसमर्पण गर्न खोज्नेहरू र संगठन बाट थाकी धेरै पर पुगेका तर आफुलाई अब्बलको धाकलगाउन नथाकेकाहरू पनी सारतः सांगठानिक हीसावले संगठनका धमीराहरू न हुन। उनीहरूबाट समाजमा सहयोगको अपेक्षा राख्नेहरू झन उनीहरू भन्दा खतरनाक

प्रतिक्रान्तिकारीहरू हुन। आज समाजमा विकसित परिस्थितिको कतैबाट पनी सामना गर्न नसक्ने यी तत्वहरुसंग हरेक संगठन सचेत हुन जरूरी छ। हाम्रो समाजमा उदय भयको प्रतीगमनका विरूद्ध लडनलाई एउटा साझा विचारधारात्मक मोर्चाको आवसयकता त छ त्यो मोर्चा भावी मार्गदर्शन संग जोडेर मात्र लिन सकीन्छ।सारमा एकले अर्कोलाई उपयोगको रणनिती लिएर

हिडदा सम्भव छैन बरू परस्पर सहयोगी आजको आवसयकता पुरा गर्नका लागी आजको वर्ग धरातलमा आएको बदलाव मुख्य कारण बन्दै छ। जस्का कारण अन्यौलता बढेर जानु पनी अन्यथा हामीहरूले लिन हुदैन। उत्पीडित बर्गमा विचारधारात्मक कार्यदिशाको अभाव हुनु र सम्भ्रान्त वर्गले आफुलाई गुणात्मक रूपमा सुधार गरिरहेको वर्तमान संदर्भमा जुन अन्तरविरोध देखा

परेको छ त्यसलाई क्रस गरेर बढनका लागी पनी छीटो भन्दा छीटो विचारधारात्मक संश्लेषणको खाँचो छ। तत्कालका लागी संगठन भित्र देखिएका माथीका तिन खराबीहरू सच्याउन सक्ने हैसियतमा आन्तरिक विकास गर्न जरूरी छ त्यस पछी मात्र विचारको संश्लेषण सहित सही कार्यदिशाकोअवलम्बन गरिनु पर्दछ। त्यसमा हाम्रो आधारभूत वर्ग जसरि विचलन उन्मुख छ

त्यससंग एकीकृत र संगठित गरेर कार्यदिशामा सहयोगी वनाउन पर्नेछ।जस्लाई मुक्ती चाहीयको छ त्यो वर्ग नै हामी विरोधी बन्ने अबस्थामा हाम्रो संश्लेषित कार्यदिशा पनी काम लाग्नेवाला छैन। यसैले सबै गम्भीर बनेर सोचौ भविष्य सुनिश्चित गर्न सही मार्गदर्शनको खोजीमा एकीकृत भयर होमीऔ।

प्रतिक्रिया