जबर्जस्ती करणी गरेको आरोपमा १ जना प्रहरी हिरासतमा

दाङ, ५ भदौ २०८० । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका ४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई हिजो सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया