तुलसीपुर का अटो हरु राजमार्गका रेल जस्तै बनेका छन-मेयर खडका


दाङ, २३ साउन २०८० । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले तुलसीपुरमा सञ्चालनमा आएका अटोलाई राजमार्गका रेलको संज्ञा दिनुभएको छ ।  आफ्नै कार्यकक्षमा तुलसीपुर क्षेत्रका पत्रकारहरूसँग कुरा गर्दै मेयर खड्काले यस्तो बताउनुभएको हो ।तुलसीपुरमा सञ्चालित अटोलाई राजमार्ग बाहेकका भित्री सडकमा मात्र चल्नका लागि रूढ प्रमिट दिएपनि राजमार्ग कब्जा गरेर हिँडेको बताउँदै नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।

‘हाइवे कब्जा गरेर हिड्ने पाइदैन । भित्री तथा शाखा सडकमा चल्ने अनुमति मात्रै उनिहरुलाई छ । अटोको बेथिति रोक्नका लागि तुलसीपुर सहित शान्तिनगर, बबई दंगीशरण सबै पालिका आआफ्नो पालिकामा लाग्नुपर्छ ।’ मेयर खडकले भन्नुभयो ।

सो अवसरमा पत्रकारहरूले अटोले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको, मनपरी रुपमा भाडा लिने गरेको , तिव्रगतिमा सवारी चलाउने गरेकाले दुर्घटनाको जोखिम पनि बढेकाले नियमन गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी मेयर खड्काले पपुलर बन्नका लागि घाटा बजेट नल्याएको बताउनु भएको छ । विगतको दायित्व घटाउनका लागि वडामा बजेट घटाएर पठाएको भन्दै आगामी वर्षदेखि दायित्वलाई सून्य हुने बताउनुभयो ।

सो अवसरमा नगर प्रवक्ता माधव वली, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, पत्रकारहरू ओपेन्द्र बस्नेत, नारायण खडका, वसन्त पौडेल, चेतन रेग्मी, यमकला भुसाल, शर्मिला डिसी, एकराज भण्डारी, आशिष केसी, दिपक बोहरा लगायतले पत्रकारहरूसँगको छलफललाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी उनीहरूले शिक्षा, स्वास्थ्य, उपभोग्य वस्तु लगायतका क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्न सुझाव समेत दिएका थिए ।।

प्रतिक्रिया