नेकपा माओवादी केन्द्र शान्तिनागरले बुझायो गाउँपालिका लगायत कार्यालय हरुमा ज्ञापन पत्र

बिर बहादुर बि क -=====

शान्तिनगर २१ साउन २०८०,स्थानीय श्रोत साधन उपभोग ऐनमा गरिएको ब्यबश्था लाई मध्यनजर गर्दै र स्थानीय सरकार संचालन ऐन २०७४ लाई पूर्ण स्वायत्त बनाउदै लैजाने हेतुले स्थानीय तह हरुका साँध सिमाना,[ करार हाता } भित्र पर्ने नदी खोला हरुको संरक्षण र उपभोग गर्ने अधिकार स्थानीय पालिका हरुलाई प्रदान गरिएको छ | पछिल्लो समय स्थानीय पालिका सरकारको हाता भित्र रहेका नदी खोला हरु बाट अवैध रुपमा नदिजन्य पदार्थ ढुंगा गिट्टी बालुवा ग्राभेल लगायतका सामग्री

अत्यधिक चोरी निकासी भई राज्यको श्रोत साधन बिनास भई रहेका बेला त्यस्तो कार्य रोक्न नेकपा माओवादी केन्द्र शान्तीनगर गाउँ समितिले आज सम्बन्धित निकाय हरुमा ज्ञापन पत्र बुझाएको छ | ज्ञापन पत्रमा स्थानीय श्रोत साधन चोरी निकासी हुँदा स्थानीय सरकारले भने जस्तो राजश्व उठाउन नसकेको र जनताको घरदैलोमा सिंह दरबारको अनुभुती गराउन नसकेको कुरा उल्लेख गरिएको छ | माओअवादी केन्द्र शान्तिनगरले शान्तिनगर गाउँपालिका को कार्यालय, चिराघाट प्रहरी चौकी र इलाका

प्रहरी कार्यालय खिलतपुरमा यस्तो ज्ञापन पत्र बुझाएको हो | ज्ञापन पत्रमा शान्तिनगर गाउँपालिका हाता भित्र पर्ने बहुलाखोला, च्याटीखोला लगायतका खोला हरु बाट अत्यधिक रुपमा नदिजन्य पदार्थ चोरी निकासी भई रहेकोमा त्यस्तो कार्य तुरुन्त रोक्नु पर्ने माग गरीएको छ | नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँ कमिटिका ईन्चार्ज राधिका परियारको नेतृत्वमा गएको टोलीले यस्तो ज्ञापन पत्र बुझाएको हो | टोलीमा नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँकमिटीका अध्यक्ष नेप बहादुर रोका{ स्टार }

उपाध्यक्ष द्वय खगेन्द्र शर्मा,जंग बहादुर पुन, गाउँ कमिटीका सचिव पिमलाल वली र शान्तिनगर गाउँपालिका कमिटीका सबै वडाका वडा अध्यक्ष हरुको उपश्थिती रहेको थियो | नदिजन्य पदार्थको अवैधानिक रुपमा चोरी निकासी हुनु गाउँपालिकाका लागी राम्रो कुरा होईन,माओवादी केन्द्रका जिम्मेवार साथी हरुले बुझाएको ज्ञापन पत्र गाउँपालिकाका लागी सम्पत्ती सरह हुने छ यसलाई मैले सकारात्मक रुपमा लिएको कुरा शान्तिनगर गाउँपालिका का अध्यक्ष प्रमोद बस्नेतले हामी संग बताए | यसै बिषयमा

हामीले नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँ कमिटीका इन्चार्ज राधिका परियारलाई सम्पर्क गरेर सरकार तपाईको पार्टी नेतृत्वमा छ त्यो सरकारले खोला चोर्ने कुन पार्टीका चोर होलान,चोरको पहिचान किन गर्न सकेन तपाईको पार्टीको सरकारले भनेर सोधनी गर्दा नदिजन्य पदार्थ अवैधानिक रुपमा चोरी पैठारी गर्ने मान्छे कुनै पार्टीको हुनै सक्दैन तर त्यो समाज र सरकारका लागी हानी पुर्र्याउने बिचार बोकेको तत्व चैं हो त्यसैले त्यस्ता तत्व बाट शान्तिनगर गाउँपालिका क्षेत्र भित्र पर्ने नदी

खोला हरु बाट नदिजन्य पदार्थ अवैधानिक दोहन भई राखेको पाइएकाले त्यसलाई रोक्न हाम्रो पार्टीले आज सम्बन्धित जिम्मेवार निकाय हरुमा ज्ञापन पत्र बुझाएको हो परियारले राप्ती पहिचान लाई भनिन | उनलाई सोधिएको एक अर्को प्रश्नमा यस्तो कार्य हुनुमा र यस्तो कार्य रोक्ने काममा सब भन्दा पहिला स्थानीय सरकारले पहलकदमी लिनु पर्छ र जिम्मेवार पनी हुनु पर्छ,स्थानीय सरकार र सम्बन्धित अन्य निकाय हरुले यस्तो काम लाई रोक्न सक्नु पर्छ रोक्न नसके यस्तो कार्यको बिरोधमा स्वयम् जनता नै

अगाडी आउछन र त्यसको नेतृत्व नेकपा माओवादी केन्द्र ले गर्छ परियारले अगाडी भनिन | यसै बिषयमा हामीले नेकपा माओवादी केन्द्र को शान्तिनगर गाउँ कमिटी का अध्यक्ष नेप बहादुर रोका स्टार लाई सम्पर्क गरेर शान्तिनगर गाउँपालिका क्षेत्र भित्र का नदी खोला हरु बाट नदिजन्य पदार्थको अवैधानिक चोरी निकासी हुने गरेको काममा कसलाई दोषी देख्नु हुन्छ भनी

सोधनी गर्दा चोरी पैठारी गर्ने मान्छे सबैको दोषी हो र त्यस्तो ब्यक्ती समुह वा गिरोह लाई कुनै कसैको हो भनेर भन्न मिल्दैन, नदिजन्य पदार्थको चोरी निकासी हुन् थाले पछी त्यस्तो कार्य रोक्न गाउँपालिका ईलाका प्रहरी कार्यालय र चिराघाट प्रहरी चौकीमा ज्ञापन पत्र बुझाएका छौं रोकाले राप्ति पहिचान संग कुराकानी गर्दै भने |

प्रतिक्रिया