बेल्चा बोकेर सडकमा निस्किय मेयर टिकाराम

विजौरी । बिजौरी क्षेत्रमा वर्षाका कारण परेका खाल्डाखुल्डी सम्याउन सुरु गरिएको छ ।
जनतासँग जनप्रतिनिधि श्रम अन्तर्गत तुलसिपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का नेतृत्वमा प्रादेशिक आर्युवेद चिकित्सालय गेट अघिको खाल्डा सम्याएर सुरु गरिएको हो ।

अभियानअन्तर्गत शनिबार वडा नम्बर १८को बिजौरी भोजपुर सहिद मार्गमा परेका खाल्डा सम्याइने भएको छ। नगरप्रमुख टीकाराम खड्काले नीति तथा कार्यक्रममै जनतासँग जनप्रतिनिधि समावेश गरेर श्रम संस्कृतिको सम्मान र विकासमा जनता जोड्न थालिएको बताउनुभयो।

श्रमदान कार्यक्रममा सडक, सिचाइ, सरसफाइ, वृक्षरोपण, सडक सौन्दर्यकरणलगायतका कार्यक्रम रहेका छन् ।कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष माधव वली, १९ का प्रेमनाथ योगी, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का सहित जनप्रतिनिधि, कर्मचारी, बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारी, व्यापारी, टोल विकास संस्था सहभागिता रहेको छ ।

तुलसिपुर उपमहानगरपालिकाले यान्त्रिक साधनहरुको व्यवस्था गरेको यान्त्रिक शाखाका प्रमुख केशव डाँगीले बताउनुभयो ।

प्रतिक्रिया