उठेन लक्ष अनुसारको राजश्व,थपिने भयो उपमहानगरमा ऋण

तुलसीपुर ९ जेठ २०८० । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर चालु आर्थिक वर्षको जेठ अन्तिमसम्म २१ करोड ३२ लाख २८ हजार १ सय ९५ रुपैया मात्र राजश्व सकंलन गरेको छ । तुलसीपुरले विगत २ वर्ष देखि लक्ष्य अनुसारको राजश्व सकंलन गर्न सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिकाका राजस्व व्यवस्थापन शाखा प्रमुख ललितबहादुर घर्तीका अनुसार पछिल्लो केही वर्ष देखि राजश्व संकलनमा चुनौती थपिएको छ । पालिकाका जनप्रतिनिधिहरुको राजश्व लक्ष्य गर्ने राम्रो खालको योजना बनाउन नसक्दा,स्थानीय करदाताहरुले स्थानीय सरकारलाई स्थानीय सरकारको रुपमा मान्यता नदिदाँ लक्ष्य अनुरुप राजश्व सकंलन गर्न नसकिरहेको घर्तिले बताए ।

‘राज्यलाई हामीले कर मात्र तिर्नुपर्छ कति ठाँउ कर तिर्ने भन्ने आम नागरिकलाई आभास भएको हुदाँ स्थानीय पालिकालाई राजश्व तिर्न उत्साहित नभएको अवस्था छ, घर्तिले भने,अर्को कुरा हामीले रावजश्वका सबै क्षेत्रहरुलाई समेट्न सकिरहेका पनि छैनौ,हामीले जतिसक्दो करको दायरा बढाएपनि सकभर राजश्व तिर्न नपरोस भ्न्ने मानसिकता हुन्छ त्यस मानसिकताका कारण राजश्व उठाउन सकस भएको छ ।’

उनले करदातालाई करको दायरामा ल्याउनका लागि करको दरहरु बृद्धि नगरि विभिन्न क्षेत्रहरु खोजिरहेको भएपनि त्यसबाट सफलता हात पार्न नसकिरहेको बताए । ‘ यस वर्षदेखी नगर उपभोग शुल्क भनेर कार्यान्वयन तहमा गएका छौं,विभिन्न अभियानहरु पनि सञ्चालन गरिरहेका छौं,उनले भेन,त्यत्ति गर्दा पनि जति राजश्व उठ्नुपर्ने हो,जति स्थानीय सरकारप्रति जनताले विस्वास गर्नुपर्ने हो त्यत्ति विस्वास गर्न नसकेको अवस्था छ ।’

तुलसीपुर ढुगां गिटट्ी,बालुवा यथेस्ट पाइने ठाउँभएपनि विभिन्न क्षेत्रहरुको बाधा,अवरोध,कानुनी बन्देजले गर्दा खोलानालाबाट सोचे अनुरुप राजश्व संकलन गर्न नसकेको उनको भनाई छ । उनका अनुसार यसवर्ष सम्पत्ती करबाट १ करोड १८ लाख ६६ हजार ४ सय ४० रुपैया, भुमिकर÷मालपोतबाट १ करोड ६७ लाख ८३ हजार ७२ रुपैया,जग्गा÷घरबहाल करबाट १ करोड ६७ लाख ५ हजार ६ सय ५५,बहाल विटौरी करबाट ४८ लाख ४९ हजार ३ सय ६७ रुपैया,पुर्वाधार सेवको उपयोगमा लाग्ने कर ५६ लाख २१ हजार ६ सय २६ रुपैया,मनोरञ्जन कर ३ लाख ३० हजार,व्यवसाय रजिष्टेशन दस्तुर ७१ लाख ४७ हजार ६ सय १८ रुपैया राजश्व सकलन भएको छ ।

त्यस्तै अन्य कर २० लाख १९ हजार ४ सय ५०,अन्य सेवा शुल्क ३७ लाख ८० हजार ७ सय ३९,नक्सापास दस्तुर १ करोड ६२ लाख ४१ हजार ५ सय ८५,सिफारिस दस्तुर २ करोड ६२ लाख ३४ हजार २ सय ७५ ,व्यक्तीगत घटना दर्ता दस्तुर १८ लाख ५९ हजार २ सय ८९, अन्य दस्तुर ८१ लाख ६९ हजार २ सय ९२,खानी तथा खनिज सम्बन्धी दस्तुर ५ लाख ५ हजार ४ सय ७०,न्यायीक दण्ड,जरिवाना र जफत ४३ हजार ५ सय ५६, प्रसासनिक दण्ड,जरिवाना र जफत ५ लाख २८ हजार ७ सय ३६ अन्य राजश्यबाट ९१ हजार ७ सय रुपैया राजश्य संकलन भएको घर्तीले बताउनुभयो । उहाँका अनुसार नदिजन्यबाट ८२ लाख ५० हजार र मालपोतबाट ८ लाख ९९ हजार ९ सय २२ रुपैया गरि हालसम्म जम्मा २१ करोड ३२ लाख २८ हजार १ सय ९५ मात्र राजश्व सकंलन भएको घर्तिले बताए ।

उनले अब आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकोले यसबिचमा २ करोड बराबर राजश्व संकलन गर्न सकिने अनुमान गरिएको बताउनुभयो । तुलसीपुरको तथ्याङ्क हेर्दा यसवर्ष अहिलेसम्मकै कम राजश्व संकलन भएको छ ।

राजश्व सुधार कार्ययोजनामा उल्लेख भएअनुसार तुलसीपुरमा २ अर्व ६ करोड ४० लाख ७२ हजार १ सय १५ रुपैया राजश्व उठ्ने क्षमता छ । तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा कुल ६० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ३३ करोड मात्र राजश्व संकलन गरेको थियो ।३९ करोड ऋणमा रहेको उपमहानगरले लक्ष अनुसार राजश्व उठाउन नसके पछी उपमहानगरको ऋण बढेर ५७ करोड पुग्ने निश्चित भएको छ |

प्रतिक्रिया