
रमा बुढा मगर-========
तुलसीपुर २ जेठ २०८०, तपाईको गाउँमा बाटो बिग्रियो, अब बन्दैन | तपाईको गाउँमा बिजुलीको पोल ढलेर बिजुली बलेन?अब बल्दैन,तपाईको गाउँमा एम्बुलेन्स चलाउन मोटर बाटो छैन? अब मोटर बाटो बन्दैन | तपाईको वडा तथा गाउँमा खानेपानीको पाईप लाईन भत्कियो ?त्यो लाईन बन्दैन |तपाईको बालबालिकाले पढ्ने विद्यालयको भवन भत्कियो? अब त्यो भवन निर्माण हुँदैन पुल पुलेसा,मोटर बाटो,धारा पानी, बाटो मर्मत,विद्यालयका भवन,मठमन्दिर,कुलोनालो,सिंचाई नहर,वाढी पहिरो रोकथाम,तटवन्ध
निर्माण जस्ता विकासे काम अब उप्रान्त गर्ने नसक्ने अवश्थामा तुलसीपुर उपमहानगर पुगेको छ | यस्तो कुरा तुलसीपुर उपमहानगरको आ,व २०८०/०८१ को बजेट सिलिंगले देखाएको छ | आर्थिक वर्ष ०८०/०८१ का लागी उपमहानगर ले तयार पारेको बजेट सिलिंगमा बिकास निर्माण खर्च उर्फ पुँजीगत खर्च नाम गरिएको शिर्षकमा १ रुपैयाँ पनी बजेट छैन | कुल जम्मा ९२ करोड ७५ लाख ४२ हजार ७५० रुपैयाँको बजेटमा बिकास निर्माण खर्च उर्फ पुँजीगत खर्चका लागी १ पैसा पनी नछुट्याएर
बजेट ल्याउने गरी उपमहानगरले तयारी गरी सकेको छ | १० बैशाख २०८० मा नगर प्रमुख टिकाराम खडका संयोजक रहेको उपमहानगरको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकले आम्दानी तर्फ संघीय सरकार सम्मानीकरण अनुदान २९ करोड ८ लाख रुपैयाँ आउने प्रक्षेपण गरेको छ भने प्रदेश सरकार सम्मानीकरण अनुदान २ करोड २३ लाख ४१ हजार,संघीय सरकार राजश्व बांडफांड बाट २३ करोड २ लाख ७१ हजार,प्रदेश सरकार राजश्व बांडफांड बाट २ करोड ११ लाख
३० हजार ७५०,बिज्ञापन कर वापत १५ लाख, १४१४३ बाँडफाँड भई प्राप्त हुने बन रोयल्टी १० लाख, १४१५४ बांडफांड भई प्राप्त हुने खानी तथा खनिज पदार्थ बिक्री रोयल्टी बाट ५ लाख रुपैयाँ, स्थानीय दहत्तर,बहत्तर ढुंगा गिट्टी बालुवा बिक्री बाट ३ करोड रुपैयाँ, राजश्व स्थानीय घर जग्गा रजिष्ट्रेशन दस्तुर मालपोत बाट १२ करोड रुपैयाँ असुल गर्ने सिमा राखेको उपमहानगर ले आन्तरिक आय २१ करोड रुपैयाँ उठाउने गरी कुल जम्मा ९२ करोड ७५ लाख ४२ हजार ७५० रुपैयाँको बजेट आर्थिक वर्ष
२०८०/०८१ का लागी च्ल्याउने तयारी गरेको छ | झन्डै ९३ करोड को बजेट प्रक्षेपण गरेको तुलसीपुर उपमहानगरले बिकास निर्माण तर्फ भने एक पैसा पनी खर्च गर्ने गरी बजेट छुट्याएको छैन | बजेट मध्य बाट कर्मचारी र मेयर,उप-मेयर वडा अध्यक्ष,कार्यापालिका सदस्य तथा वडा सदस्य हरुलाई तलब भत्ता का लागी मात्रै १६ करोड ४८ लाख रुपैयाँ छुट्याइएको छ भने २३ वटा शाखा महाशाखा लाई आफ्नो अनुकुलतामा खर्च गर्न पाउने गरी १२ करोड ३८ लाख ५० हजार रुपैयाँ तलब भत्ता बाहेक
छुट्टै रकम उपलब्ध गराउने गरी रकम बिनियोजन गरिएको छ भने तलब भत्ता अन्य सरकारी सुविधा बाहेक यसरी शाखा-महाशाखा लाइ पनी यती धेरै रकम उपलब्ध गराउने कामलाई केलाएर हेर्दा कर्मचारी र पदाधिकारी सबै लाई लाभ हुने भाग वण्डा गरी बजेट खर्च गर्न लागेको प्रस्टै बुझिन्छ, किन भने शाखा-महाशाखा लाई छुट्याइएको झन्डै १३ करोड रकम बाट कुनै प्रकारको बाटो,बिद्युत, खानेपानी बिद्यालय भवन लगायत कुनै पनी खालका भौतिक संरचना निर्माण नहुने गरी खर्च शिर्षक
राखिएको छ भने उक्त रकम बाट तालिम, गोष्ठी, भ्रमण र अन्य कागज रंगाउने काम मात्र हुने छन् | १५ वटा शिर्षकमा खर्च गर्ने गरी छुट्याइएको खर्च रकम मध्ये वडा नम्बर ६ बाहेक अरु १८ वटा वडा कार्यालय लाई २०८० सालमा १८/१८ लाख रुपैयाँ र वडा नम्बर ६ लाई भने २५ लाख रुपैयाँ छुट्याई जम्मा ३ करोड ४९ लाख रुपैयाँ १९ वटा वडा लाई बांडफांड गरिएको छ |यसै बिषयमा हामीले तुलसीपुर उपमहानगरका प्रवक्ता तथा आर्थिक बिकास समितिका संयोजक माधव वली लाई फोन गरेर
जनतालाई दिने बिकास निर्माणका कामका लागी एक रुपैयाँ पनी बजेट नछुट्याई ९२ करोड ७५ लाख ४२ हजार ७५० रुपैयाँ सबै कर्मचारी र पदाधिकारी हरुको सेवा-सुविधाका लागी मात्रै खर्च गर्ने गरी बजेट ल्याउँदा तपाई हरुलाई लाज लागेन भनेर प्रश्न गर्दा यसमा लाज मान्नु पर्ने कुनै बिषय नै नभएको कुरा बताए |रास्ट्र नै आर्थिक मन्दी बाट गुज्री रहेका बेला उपमहानगरले मात्रै जनता लाई बिकास निर्माणका लागी पैसा दिने अवश्था छैन, आन्तरिक आम्दानी र संघ प्रदेश बाट प्राप्त हुने सम्मानीकरण रकम
तथा राजश्व बांडफांड शिर्षकको रकम एकदम न्यून मात्रामा हामी लाई प्राप्त हुन् सक्ने सरकारले प्रक्षेपण गरी सकेको अवश्थामा हामी संग बिकास निर्माण गर्ने पैसा हुने कुरै भएन वली ले राप्ति पहिचान संग भने | तपाई उपमहानगरको आर्थिक बिकास समितिको संयोजक हुनुहुन्छ,उपमहानगर लाई आर्थिक नै जोहो गर्न नसक्ने आर्थिक समिति किन चाहियो उपमहानगर लाई भन्ने हाम्रो प्रती प्रश्नमा आफु आर्थिक समितिको संयोजक रहरले नभएको स्थानीय सरकार संचालन ऐन २०७४ मा ब्यबश्था
भए गरेकाले आफु त्यो समितिको संयोजक बन्न पुगेको कुरा वली ले अगाडी बताए भने आफु आर्थिक समितिको संयोजक भई सके पछी उपमहानगर लाई आर्थिक कहाँ बाट कसरी र कुन विधी प्रयोग गरेर जुटाउने भन्ने कुरामा बृहत्तर रुपमा लागी रहेको कुरा उनले बताए | जसले जे सुकै बताए पनी झन्डै ९३ करोड बजेट बाट नगरवासी जनताका लागी बाटो बिद्युत खानेपानी बिद्यालय भवन बाटाघाटा मर्मत कुलोनालो निर्माण तथा मर्मत जस्ता भौतिक पूर्वाधार बिकास निर्माण का लागी तुलसीपुर उपमहानगरले एक रुपैयाँ पनी रकम बिनियोजन गर्न नसक्नु तुलसीपुर उपमहानगर का लागी लाजमर्दो बिषय बनेर बाहिर आएको छ |