रेडक्रस तुलसीपुर उप-शाखा द्वारा रक्तदान कार्यक्रम

रमा बुढा मगर-=======

तुलसीपुर ३० बैशाख २०८०, रक्तदान जिबनदान भन्ने नाराका साथ् नेपाल रेडक्रस सोशाईटी तुलसीपुर उप शाखाले आज रक्तदान कार्यक्रम आयोजना गरी रक्तदान गरेको छ | राप्ती प्रादेशिक अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोशाईटीले स्थापना गरेको ब्लड बैंक तथा रेडक्रस भवनमा उक्त रक्तदान कार्यक्रम गरिएको थियो | रेडक्रस तुलसीपुर उप-शाखाले

आयोजना गरेको रक्तदान कार्यक्रममा ४० वर्षीय दिपु हमाल,३८ वर्षीय धनसरा डाँगी,र ३१ वर्षीय सविता बिहरा लगायत २३ जना रक्तदाताले रक्तदान गरेका थिए |रेडक्रस तुलसीपुर उप-शाखा को सभापती देविका नेपालीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथीमा रेडक्रस दाङ का उप-सभापती हरिहर पौडेलको उपश्थिती रहेको

थियो| रेडक्रस तुलसीपुर उप-शाखाका सचिव बम्शी शर्मा, रेडक्रस तुलसीपुर उप-शाखा सह-सचिव बसन्त के सी,सह-कोषाध्यक्ष इश्वरी खडका,सदस्य पूर्णप्रसाद धिताल र गोपाल रावत सहभागी भएका थिए |कार्यक्रमको संचालन तुलसीपुर उप-शाखाको सचिव बम्शी शर्माले गरेका थिए |

प्रतिक्रिया