रमा बुढा मगर -====
तुलसीपुर २९ बैशाख २०८०, नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाईदिने ठगी धन्दाको रास्ट्रीय रुपमै पर्दाफास भए पछी रास्ट्रीय रुपमै गर्मागर्मी चलीरहेका बेला त्यो ठगी धन्दामा संलग्न दाङको तुलसीपुरका एक दम्पती पनी रकम उठाई सके पछी झन्डै १ वर्ष देखी फरार रहेका छन् | यसरी फरार हुनेमा दाङ को दंगीशरण गाउपालिका वडा नम्वर ४ हाल तुलसीपुर
उपमहानगरपालिका वडा नम्वर ५ बस्ने गजेन्द्र बुढाथोकी र उनको श्रीमती प्रितम शर्मा रहेको कुरा उनी हरु बाट ठगीमा परेका पिडित हरुले जानकारी दिएका छन् | बुढाथोकी दम्पतीले दाङ का बिभिन्न पालिका का युवा युवती हरु लाइ नक्कली भुटानी शरणार्थी बनाएर तिमी हरु लाइ अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेर ठगी गरी फरार भएका हुन् |बुढाथोकी दम्पती को
तुलसीपुर { ग }लाइनको रौनियार मेडिकल भन्दा माथिल्लो चोकमा आलिशान बंगला समेत रहेको छ | फोटोमा देखाइएको घर उनी हरुकै हो एक पिडित भरत के सी ले राप्ति पहिचान लाइ बताए |उनीहरुले पिडित हरु बाट जनही २० लाख देखी ४५ लाख रुपैयाँ सम्म असुलेर फरार भएको कुरा पिडित हरुले बताएका छन् |२०७८ साल चैत्र २ गते देखी एक महिना सम्म ८ करोड
रुपैया असुल्ने काम गरेका श्रीमान् श्रीमती हाल ठगी गरेर फरार रहेका छन् | उनी हरुले तुलसीपुर ३ गोटिखोला का बिरेन्द्र वली संग २० लाख, तुलसीपुर ६ हात्तीखौवा निवासी सन्तोष गौतम बाट २० लाख रुपैयाँ,बबइ गा पाकोहंसपुर निवासी मोहन पाण्डे बाट रु २० लाख यस्तै कटाहका तुलसी के सी बाट २० लाख रुपैयाँ ठगी गरेर फरार भएका छन् | यसै गरी उनी हरु बाट ठगीमा
पर्नेमा राकेश लामिछाने तुलसीपुर ८ अस्वारा १५ लाख रुपैयाँ, तुलसीपुर ६ घोराही रोड निवासी हरिश कोराल २० लाख,दिपक के सी तुलसीपुर १६ सजनेवा २० लाख,लेखनाथ योगी तुलसीपुर १९ बिजौरी २० लाख,यशोदागौतम तुलसीपुर गाइडहर निवासी ३० लाख र राप्ति बबइ क्याम्पस रोडका प्रमोद बस्नेत २० लाख रुपैयाँ रहेका छन् | यस्तै तु पु १६ सजनेवा निवासी प्रेमनाथ योगी
२० लाख,तेजिना लमसाल घोराही निवासी बाट ४५ लाख,शान्तिनगर ७ बुराढावाका खेमराज पौडेल बाट २० लाख, तु पु ४ रक्षाचौर निवासी राजु के सी बाट २० लाख, दोर्ण अधिकारी बाट २० लाख,बबइ गा पा हंसपुरनिवासी माधव वली बाट २० लाख,सो ही ठाउँ निवासी देवेन्द्र के सी बाट २० लाख रुपैयाँ ठगी गरेर उनी हरु फरार भएका हुन् | यसै गरी ठगीमा पर्ने हरु
तुलसीपुर ठाँटीगाउँ का भरत के सी २० लाख, शान्तिनगर ४ बिष्णपुर् का कोमल बिष्ट २० लाख, घोराही १२ गुर्जेका घनश्याम बस्नेत २० लाख सो ही ठाउँ निवासी सुदन बस्नेत २४ लाख र बबइ ४ हापुरेका यम कुमारी वली २० लाख रुपैयाँ लगायतका दर्जनौ मान्छे हरु रहेका छन् यसै बिषयमा हामीले दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य लाई फोन गरी नक्कली भुटानी
शरणार्थी प्रकरणमा पैसा असुलेर फरार हुने हरुमा दाङ तुलसीपुर ५ घर भएका गजेन्द्र बुढाथोकी र उनका श्रीमती प्रितम शर्मा पनी रहेको भन्ने खुल्न आयो यस बिषयमा तपाईको धारणा के हो? भनेर प्रश्न सोध्दा पिडित हरुले सोझै काठमाडौं बाट मुद्दा चलाएकाले यस बारे आफुलाई केही थाहा नभएको कुरा बताए| हामी कहाँ अहिले सम्म त्यस्तो कुनै जानकारी वा उजुरी आएको
छैन उनले राप्ति पहिचान संग भने | यही बिषयमा जानकारी लिनका लागी हामीले जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता Dsp राजेन्द्र गौतम लाई फोन गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा तुलसीपुर का गजेन्द्र बुढाथोकी र उनका श्रीमती प्रितम शर्मा पनी मोटो रकम उठाएर हाल फरार रहेको कुरा खुल्न आयो यस बिषयमा दाङ प्रहरीले के कस्ता अनुसन्धान गर्दै छ भनी सोधनी
गर्दा आफु यस बिषयमा अनभिज्ञ रहेको कुरा बताए | नक्कली भुटानी शरणार्थी प्रकरणका पिडित हामी कहाँ उजुरी लिएर आएको कुरा मलाइ थाहा छैन, मलाइ लाग्छ पिडितहरुले केन्द्रमा उजुरी दिएर उतै बाट मुद्दा चलाएको हुनुपर्छ गौतमले हामी संग भने | यस बारे बुझ्न ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख Dsp पुष्पराज मल्ल लाइ सम्पर्क गर्दा उनको फोन उठेन |