
दाङ २३ बैशाख २०८०, दाङ जिल्ला तेक्वान्दो संघको आयोजनामा २२गते देखि सन्चालन भएको नगर स्तरीय प्रथम धन बहादुर नेपाली प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताका बिजयी खेलाडीलाई लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, प्रमुख प्रशिक्षक भिमलाल बि क, खेलाडीको अभिभावकहरुले पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथिद्वरा धन बहादुर नेपाली को पत्नी भगवती नेपालीलाई खादा लगाएर सम्मान गर्नु भएको थियो।
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका खेलाडीको सहभागिता रहेको थियो । आयोजकका अनुसार २०० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको समापन कार्यक्रम लुम्बिनी प्रदेश तेक्वान्दो संघ का अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ८ का वडाध्यक्ष धर्म वलि , खेलाडीको अभिभावक लगायतको उपस्थिती रहेको कुरा प्रथम धन बहादुर नेपाली स्मृति तेक्वान्दो प्रतियोगिताका आयोजक बम बहादुर वि.क ले बताए।