अलपत्र पर्र्यो रानागाउँ स्थित जेष्ठ नागरिकको भवन

रमा बुढा मगर -=======

तुलसीपुर ६ बैशाख २०८०,वडा तथा नगर भित्रका जेष्ठ नागरिक हरुको सम्मान र उनी हरुको जमघट हुने थलोको रुपमा बनाईएको जेष्ठ नागरिक भवन अलपत्र छोड्दा तुलसीपुर उपमहानगरपालिकाको लाखौँ रुपैयाँ बेकाम जस्तै काममा खर्च भएको जस्तो हुन् गएको छ | तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर ३ रानागाउँ स्थित जेष्ठ नागरिक भवन निर्माण कार्य अधुरो हुँदा यस्तो हुन् गएको हो | २०७७ साल माघ २९ गते उपभोक्ता समिति र तुलसीपुर उपमहानगरको योजना शाखा बीच भवन

जेष्ठ नागरिकको भवन निर्माण गर्न जग्गा दान् गर्नुहुने जग्गा दाता थम्मन पाण्डे |

निर्माण गर्न सम्झौता भएर उपभोक्ता हरुको तर्फ बाट ४ लाख ५९ हजार ४१३ रुपैयाँ ५ पैसा र तुलसीपुर उपमहानगरको १० लाख ७१ हजार ९६३ रुपैयाँ ७८,जम्मा लागत रु १५ लाख ३१ हजार ३७६ रुपैयाँ ८३ पैसा खर्चेर तुलसीपुर ३ रानागाउँ सिरानमा बनाएको जेष्ठ नागरिकको भवन हाल अलपत्र अवश्थामा पुगेको हो | तुलसीपुर ३ रानागाउँ निवासी थम्मन पाण्डे ले झन्डै ४ गट्ठा जग्गा जेष्ठ नागरिक भवन बनाउन जग्गा दान् दिएको ठाउँमा उक्त भवन बनाइएको हो | २०७७ सालमा निर्माण थालेर २०७८

वडा जेष्ठ नागरिक वडा नम्बर ३ का अध्यक्ष लोकमनी पाण्डे |

सालमा निर्माण सम्पन्न गरिएको भवन निर्माण गर्दा झ्याल ढोका न राख्दा हाल त्यो भवन भित्र कुकुर हरुको बास स्थान बन्न पुगेको कुरा एक स्थानीयले नाम नबताउने शर्तमा बताए | यो घर बनाउदा झ्याल ढोका पनी बनाईदिएको भए अहिले यो भवन सुरक्षित हुने थियो, तर त्यत्ती झ्याल ढोका नराखी दिंदा यो भवनको कुनै काम नै भएन यो त् धर्मशाला जस्तो पनी भएन जग्गादाता थम्मन पाण्डे ले राप्ति पहिचान लाइ बताए | भवनको माथी बाट ठुलो पहिरो आएर आधा भवन भाटी सकेको छ आधा मात्रै बाँकी

झ्याल ढोका नभएको जेष्ठ नागरिकको भवन झ्याल ढोका पर्खदै |

छ,भावनामा झ्याल ढोका राख्न र भवन लाइ पहिरो बाट जोगाउन रकम दिनु पर्र्यो भनेर अनुरोध गर्दा कसैले सुनेनन् वडा जेष्ठ नागरिक तुलसीपुर ३ का अध्यक्ष लोकमनी पाण्डे ले हामी संग बताए | सरसर्ती हेर्दा भवनमा न त् झ्याल छन् न त् ढोका नै छन् यसो बाहिर बाट हेर्दा बाख्राको खोर हो की कृषी मण्डीको टहरो हो ठम्याउन सकिंदैन | गाउँले उपभोक्ताको र स्थानीय सरकारको १५ लाख बढी रकम खर्चेर बनाइएको उक्त भवन लाई भवन देखी तल बाट गएको पहिरोले तानी रहेको छ भने माथी

बाट झरेको पहिरोले भवनको माथिल्लो भाग लगभग पुर्दै गई रहेको छ |यता यही बिषयमा तुलसीपुर ३ का वडा अध्यक्ष बिर बहादुर बि क लाइ फोन गरी रानागाउँ स्थित जेष्ठ नागरिकको भवन किन अलपत्र पारेको हो? भनेर सोध्दा रानागाउँ स्थित जेष्ठ नागरिकको त्यो भवन जेष्ठ नागरिकको मात्रै नभई हाम्रो वडाको साझा सम्पती हो त्यसको मर्मत सम्भार र संरक्षण हामी र वडा जेष्ठ नागरिक मिलेर गर्छौं अध्यक्ष बि क ले राप्ति पहिचान लाइ बताए | अहिले सम्म झ्याल ढोका नै राख्नु भा रहेन छ किन

नराख्नु भा हो ? भन्ने हाम्रो प्रश्नमा अब राख्ने तयारी गरेका छौं , छिट्टै त्यो काम सम्पन्न गर्छौं त्यस पछी तपाई गैर फोटो खिचेर समाचार लेख्नु होला भन्ने जवाफ फर्काए | कसैले फोटो खिच्ला नखिच्ला तर लाखौँ खर्चेर निर्माण गरिएको जेष्ठ नागरिकको भवन ले झ्याल ढोका र मर्मत सम्भार पाउने छ भन्ने कामना राप्ति पहिचान डटकम को रहेको छ |

प्रतिक्रिया