
रमा बुढा मगर -======
दंगीशरण ५ बैशाख २०८०,दाङको दंगीशरण गाउँपालिकाका कर्मचारी हरुले कानुनमा ब्यबश्था नभएको सेवा सुबिधा लिई रहेको पाइएको छ |ती कर्मचारी हरुले नेपालको संविधान २०७२ ले परीकल्पना गरी जारी गरिएको ऐन स्थानीय सरकार संचालन ऐन २०७४ र संबिधान २०७२ ले अङ्गीकार गरेको निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० ले कतै पनी ब्यबश्था नगरेको सुबिधा भोग गर्दै आइ रहेको भए पनी त्यो कार्य लाइ गाउँपालिकाले नियमन गरी रोक्न सकेको छैन |यसरी कानुनले नदिएको
सुबिधा खाने कर्मचारीको संख्या २७ रहेको छ | ती २७ जना कर्मचारी हरुले स्थानीय सरकार संचालन ऐन २०७४ संबिधान २०७२ ले अङ्गीकार गरेको निजामती सेवा ऐन २०४९ र नियमावली २०५० विपरित कार्यालय बाट सरकारी सवारी साधन मोटर साइकल लिंदा आ व २०७९ को फागुन महिना सम्म इन्धन, बिमा र मर्मत खर्च मात्रै १९ लाख ४९ हजार ७१९ रुपैयाँ गाउँपालिका लाइ व्ययभार थपिएको छ |गाउँपालिका कार्यालयले सार्वजनिक गरेको आय-व्यय विवरणमा इन्धन तर्फ ११ लाख ३१७
रुपैयाँ,मोटर साइकल मर्मत तर्फ ७ लाख ९१ हजार ४७० रुपैयाँ र ती सवारी साधनको बिमा गरे वापत तिर्नु पर्ने रकम ५७ हजार ९३२ रुपैयाँ फजुल खर्च भइ उक्त रकम पालिका लाइ व्यय-भार थपिन गएको हो |निजामती सेवा ऐन र निजामती कर्मचारी हरुलाई सेवा सुबिधा प्रदान गर्न बनेको ऐन को आधारमा निर्देशिका बनाएर नेपाल सरकारले सह-सचिव तह र त्यस भन्दा माथिल्ला तहका कर्मचारी हरुलाई मात्रै सरकारी सवारी साधन सुबिधा दिने ब्यबश्था गरेको भए पनी त्यसको विपरित दंगीशरण
गाउँपालिकामा कार्यालय सहयोगी समेतले सरकारी मोटर साइकल सवारी सुबिधा लिई रहेका छन् | गाउँपालिका ले दिएको विवरण अनुसार दंगिशरणमा २६ वटा सरकारी मोटर साइकल र १ सरकारी स्कुटी रहेको देखिन्छ | ती मोटर साइकल र स्कुटी हाल त्यस गाउँपालिकामा कार्यरत मेडिकल अधिकृत आठौँ तहका सुगत अधिकारी ले रा १ ब ३९६ नम्बरको मोटर साइकल,सातौँ तहका अधिकृत बिनोद अधिकारीले रा १ ब १९६४ नम्बरको मोटर साइकल , र छैठौं तहका ७ जना अधिकृत हरु
मध्य यादव बहादुर डाँगीले रा १ ब १३३८ नम्बरको मोटर साइकल,हितराम चौधरीले रा १ ब १२४२ नम्बरको मोटर साइकल,सरु भुसाल ले रा १ ब ९७१ नम्बरको स्कुटी,लेखनाथ आचार्यले रा १ ब ७२३ नम्बरको मोटर साइकल, प्रमोद गौतमले रा १ ब १२४३ नम्बरको मोटर साइकल,किरण पोख्रेल ले रा १ ब ६२७ नम्बरको मोटर साइकल,युवराज रिजालले रा १ ब ७२७ नम्बरको सरकारी मोटर साइकल चढ्दै आइ रहेका छन् | त्यस्तै पाँचौं तहका १० जना कर्मचारी मध्ये जिबराज गिरीले रा १ ब ७२४
नम्बरको मोटर साइकल,मान बहादुर डाँगीले रा १ ब १३९३ नम्बरको मोटर साइकल, भरत के सी ले रा १ ब १३१७ नम्बरको मोटर साइकल, मस्तबिर चौधरीले रा १ ब ७२६ नम्बरको मोटर साइकल, भुमप्रसाद बोहराले रा १ ब १३६५ नम्बरको मोटर साइकल, समिर गौतमले रा १ ब ९७० नम्बरको मोटर साइकल, टिकाराम खडकाले रा १ ब् ६२६ नम्बरको मोटर साइकल,र डिल्ली प्रकाश हमालले रा १ ब ३८३ नम्बरको सरकारी मोटर साइकल चढ्दै आएका छन् |यसै गरी पाँचौं तहकै भक्तिराम पाण्डे
वडा सचिव र कार्यालय सहयोगी राजु चौधरीले समेत सरकारी मोटर साइकल चढ्दै आइरहेको पाइएको छ | यस बारे गाउँपालिका का अध्यक्ष शम्भु गिरी लाइ फोन गरेर तपाईको गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी हरुले कानुनले नदिएको सवारी सुविधा लिई रहेका रहिछन कानुन ले ब्यबश्था नगरेको सवारी साधन सुविधा ती कर्मचारी हरुलाई किन दिनु भा हो? भनेर प्रश्न गर्दा यी मोटर साइकल म निर्वाचित भएर आउनु भन्दा अघी नै खरिद भएका रहिछन र ती ती कर्मचारी हरुले
चढ्दै आइ रहेका रहिछनयस बारे कानुनी ब्यबश्था के छ म बुझेर मात्रै केही बोल्छु भन्ने कुरा बताए | म मितव्ययी ढंग बाट गाउँपालिका संचालन गर्न चाहन्छु यी मोटर साइकलका बारेमा मितव्ययी तरिकाले कार्यालयको कामका लागी मात्रै प्रयोग गर्ने वातावरण मिलाउछु उनले अगाडी भने भने गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराइको फोन उठेन | गाउँपालिका ले २०७८ सालमा २०७ पृष्ठको आन्तरिक नियन्त्रण कार्यप्रणाली जारी गरेको र त्यही कार्यप्रणाली को निर्देशिका
२०७८को परिच्छेद १को ३ सीरियल नम्बर ९ मा निजामती सेवा ऐन २०४९ र नियमावली २०५० सबै तहका सरकारका लागी मार्गदर्शक ऐन भएकाले दंगीशरण गाउँपालिकाका कर्मचारीको नियुक्ती,पद-स्थापन,सेवाको शर्त,बृत्ती बिकास,तलब एवं सुविधा र आचारसंहिता आदिका लागी आधार ऐनका रुपमा रहेको छ भनीअङ्गीकार गरिएको भए पनी त्यही ऐनका विपरित दंगीशरण
गाउँपालिकाका २७ जनाकर्मचारी हरु सरकारी सवारी साधन लिन नपाउने तहका भए पनी उनी हरुले गाउँपालिका कार्यालय बाट खुलेआम सरकारी मोटर साइकल सवारी सुबिधा लिई रहेको देखिन्छ |