
रमा बुढा मगर-=======
तुलसीपुर २४ चैत २०७९, सर्पको टोकाई बाट एक बालकको मृत्यु भएको छ | मृत्यु हुनेमा तुलसीपुर १३ ढकना निवासी ११ वर्षीय बालक छबी चौधरी रहेका छन् | घरको आँगनमा बल खेल्दै गर्दा बल उछिट्टिएर् बारेको बार मा गएको र बार मा

अड्केको बल तान्न जाँदा चौधरी लाइ दाहिने हातको चोर औंलामा डुमनी प्रजातीको सर्पले टोकेको थियो | डुमेनीले टोकेको केही समयमै ११ वर्षीय चौधरी सिकिस्त भए पछी उनलाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागी ल्याइएकोमा साँझ ५ बजेको समयमा उपचारको क्रममा उनको मृत्यु भएको कुरा इलाका प्रहरी कार्यालय तुलसीपुर ले जानकारी दिएको छ |