राप्ति प्रादेशिक अस्पतालको फाइल अख्तियारमा

रमा बुढा मगर -======

तुलसीपुर २३ चैत २०७९, दाङ को तुलसीपुर स्थित राप्ति प्रादेशिक अस्पताल को फाइल अख्तियारमा पुगेको छ | नेपाल रेडक्रस सोशायटीले अस्पताल परिसरमा बनाएको अक्सिजन प्लान्ट निर्माण तथा खरिद गर्दा भ्रस्टाचार भएको भन्दै फाइल अख्तियारमा पुगेको हो |क्यानेडियन रेडक्रस को आर्थिक सहयोगमा नेपाल रेडक्रस को केन्द्रिय कार्यालय र दाङ शाखा

कार्यालयको सक्रियतामा राप्ति प्रादेशिक अस्पतालको पछाडी दक्षिणमा प्रती घण्टा ८ वटा सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट निर्माण गर्ने भन्दै काम थालनी गरे पनी निर्माण भएर संचालन गरेर हेर्दा उक्त प्लान्टले प्रती घण्टा मुस्किल ले ४ वटा सिलिन्डर मात्रै अक्सिजन उत्पादन गरे पछी अक्सिजन प्लान्ट निर्माण तथा सामग्री खरिदमा भ्रस्टाचार भएको भन्दै

प्रती घण्टा ८ वटा सिलिन्डर उत्पादन गर्ने भनी निर्माण भएको प्लान्टले ४ सिलिण्डर मात्रै उत्पादन गर्दै गरेको फोटो |

अख्तियारमा उजुरी परेको हो | क्यानेडियन रेडक्रसले प्रति घण्टा ८ सिलिन्डर अक्सिजन उत्पादनको लक्ष राखेर उक्त प्लान्ट बनाउनका लागी ३ करोड २४ लाख ३३ हजार ३५० रुपैयाँ नेपाल स्थित नेपाल रेडक्रस लाइ उपलब्ध गराएको देखिन्छ | क्यानेडियन रेडक्रस ले उपलब्ध गराएको रकम बाट २ करोड ३३ लाख ६७ हजार ३०० रुपैयाँ अक्सिजन उत्पादन गर्ने मेशिन

१९ लाख ५४ हजार ४५१ रुपैयाँ खर्च भएको भनी देखाइएको अक्सिजन प्लान्ट राख्ने टिनले छाएको टहरो, नाङ्गा आँखाले हेर्दा पनी यो टहरो बनाउन त्यती ठुलो रकम खर्च हुँदैन भन्ने देख्छ |

किन्न खर्च भएको र बाँकी रकम मध्य अक्सिजन सप्लाई गर्ने पाइप खरिद तर्फ ३८ लाख ७२ ह्जार ३५८ रुपैयाँ, बिजुली को सामान किन्न भन्दै ३२ लाख ३९ हजार २४१ रुपैयाँ र अक्सिजन प्लान्ट राख्न आवश्यक घर टहरा बनाउन १९ लाख ५४ हजार ४५१ रुपैयाँ खर्च गरिएको कुरा नेपाल रेडक्रस केन्द्रिय कार्यालय काठमाडौं का भोला घिमिरेले प्लान्ट हस्तान्तरण गर्न आयोजना

गरिएको कार्यक्रममा जानकारी गराएका थिए | तर क्यानेडियन रेडक्रसले प्रदान गरेको रकम बाट निर्माण गरिएको अक्सिजन प्लान्टमा रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज सम्पर्क कार्यालयमा उजुरी दिईएको कुरा श्रोत ले जानकारी गराएको छ | झन्डै २० लाखमा बनाइएको प्लान्ट राख्ने घर हेर्दा त्यती रकम खर्च नहुने प्रस्ट

देखिन्छ भने अक्सिजन पाइप लाइन बिस्तार गरेको भन्दै ३८ लाख ७२ हजार ३५८ रुपैयाँ खर्च देखाइए पनी पाइप कहाँ र कती परिमाणको कुन प्रक्रिया बाट खरिद गरी जडान गरिएको हो भनी कहीं कतै खुलाइएको छैन उजुरी कर्ता श्रोतले भन्यो | त्यस्तै प्लान्ट चलाउन बिजुलीका सरसामान किन्न मात्रै ३२ लाख ३९ हजार २४१ रुपैयाँ खर्च भएको जानकारी गराइए पनी त्यो रकम

बाट बिजुलीका के कती कस्ता सामग्री कती परिमाणमा कुन प्रक्रिया बाट खरिद गरी प्लान्ट मा लगाइएको हो भनी नखुलाउनुले पनी त्यसमा भ्रस्टाचार भएको हुन् सक्छ फेरी उजुरी श्रोतले भन्यो | २ करोड ३३ लाख ६७ हजार ३०० रुपैयाँ अक्सिजन उत्पादन गर्ने यन्त्र खरिद गर्दा खर्च भएको भनिए पनी जडान भएका यन्त्र लाइ त्यती ठुलो रकम खर्चेर कहाँ कसले कसरी कुन प्रक्रिया

बाट खरिद गरी जडान गरिएको हो र अक्सिजन प्लान्टले लक्ष राखे जती प्रती घण्टा ८ सिलिन्डर अक्सिजन किन उत्पादन गरेन भनेर स्पस्ट नखुलाइनुले पनी अक्सिजन प्लान्ट जडान गर्दा भ्रस्टाचार भएको कुरा देखाउछ उनले भने | यस बिषयमा रेडक्रस नेपाल का केन्द्रिय कार्यालय र रेडक्रस दाङ शाखाका गरी ७ जना बिरुद्द भ्रस्टाचार गरेको भनी अख्तियारमा उजुरी दिईएको छ|

प्रतिक्रिया