
बिर बहादुर बि क –========
दाङ हापुरे १७ चैत २०७९, बिगत १४ बर्षदेखि दाङमा रहेर पत्रकारिता गरिरहनुभएका पत्रकार प्रेम बहादुर राम्जा चुनाबी मैदानमा होमिएका छन। दाङको बबई गाउँपालिका ७ मा रहेको सरस्वती मा वि चरकमटियाकाे बिधालय ब्यबस्थापन समितिको आउदाे चैत २४ गते हुने निर्वाचनमा राम्जाको नेतृत्वमा एक प्यानल तयार भएको छ । राम्जा अध्यक्ष पदका प्रत्यासी उमेदवार हुन ।
बि.ब्य.स. को नयाँ नेतृत्व चयनका लागि २०६५ साल देखि पत्रकारिता क्षेत्रमा कृयाशिल राम्जाकाे प्यानलमा तिलिकुमारी बिश्वकर्मा (दलित सदस्य) र दिलाकुमारी बिश्वकर्मा ले (खुला सदस्य) पदका लागि उम्मेदवारी दर्ता गराएका छन।५ सय १० जना अभिभावक ( मतदाता) रहेको बिधालयमा राम्जाको नेतृत्वकाे प्यानल सहित ३ वटा प्यानल चुनावी प्रतिस्पर्धामा रहने छन् ।
राम्जा नेतृत्वकाे प्यानलले १० बुदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेकाे छ।कलम र क्यामेरा बाट सामाजिक सु-शासन,कानुनी शासन का लागी पहरेदारी र खबरदारी गरी रहेका राम्जाको पत्रकारिताको चिनारी संग् पश्चिम दाङ को चिनारी समेत जोडिएको छ | दाङ को पश्चिम क्षेत्र बाट अहोरात्र पत्रकारितामा होमिएका राम्जा लाइ फोन गरेर किन फेरी बिद्यालय ब्यबश्थापन समितिमा
जान लागेको हो भनेर सोध्दा म हाम्रो पश्चिम दाङ को आवाज हुँ, मेरो आवाज बाट यो बिद्यालय लाइ प्रविधीमैत्री र प्रतिस्प्रधीमैत्री बनाउन चाहन्छु जसका लागी मेरो प्यानल ले ल्याएको १० बुंदे प्रतिवद्दता पत्र अनुसारको कामकाज र सम्बन्ध विस्तार गर्न सक्ने ब्यबश्थापन समिति बन्न सके मात्रै यो विद्यालय प्रतिस्प्रधीमैत्री र प्रविधीमैत्री बन्न सक्ने कुरा उनले राप्ति पहिचान संग भने |
- १० बुदे प्रतिबद्धता पत्र
१. बिध्यालयको भौतिक बिकास तथा प्रशासनिक सुधार गरेर सबैको आकर्षणको केन्द्रका रुपमा बिकास गर्ने छौ ।साथै बिध्यालयको आन्तरिक प्रशासनलाई सुधार गर्दै शैक्षिक सुधार र प्रबिधिमैत्रीका रुपमा बिकास गरिने छ ।
२. हाल प्राथमिक तहको बिध्यार्थीको संख्यालाई मध्यनजर गर्दै अङ्ग्रेजी भाषाको पढाइ सन्चालन गरिने छ । सम्पुर्ण शिक्षक स्टाफ तथा कर्मचारीलाई प्रोत्साहन गरिने छ ।
३. हरेक बर्ष सन्चालन हुने SEE परिक्षालाई ध्यानमा राखेर कक्षा १० का बिध्यार्थीलाई होस्टेल ब्यबस्थापन गरिने छ । जसले बिध्यालयको नतिजामा सुधार गर्ने छ ।
४. नेपालको बर्तमान अबस्थालाई ध्यानमा राखेर पढ्दै र कमाउदैको नितिलाई ध्यानमा राखेर प्राबिधिक धारको पढाइ सन्चालन गरिने छ ।
५. सरस्वती माध्यामिक बिध्यालयलाई आगामी दिनमा क्याम्पस सन्चालनका लागि पहल गरिने छ ।
६. बिध्यार्थी संख्या बढाउन र बिध्यालयप्रती आकर्षण गराउन स्कुल बसको अबधारणा अनुसार काम गरिने छ ।
७. पुर्ब बिध्यार्थी समाजको माध्याम मार्फत बिध्यालयमा शैक्षिक गतिबिधी समेत अघि बढाइने छ ।
८. बिध्यालयको हित, शैक्षिक सुधार गर्नका लागि सबैको सहकार्य, सल्लाह, सुझाब ग्रहण गर्दै कामको प्रक्रिया अघि बढाइने छ ।
९. बिध्यालय ब्यबस्थापन समिती, बिध्यालय प्रशासन र अभिभावकका बिचमा कक्षागत रुपमा शिक्षाको विषयमा हरेक महिना भेटघाट र छलफल गरिने छ ।
१०. अग्रजलाई सम्मान गर्नका लागि बिध्यालय स्थापना भएदेखि हालसम्मको गतिबिधी समेटेर एउटा स्मारिका प्रकाशन गरिने छ ।