राप्ति प्रादेशिक अस्पतालमा घोटाला,,प्रती घण्टा ८ सिलिन्डर अक्सिजन उत्पादन गर्छ भनेर जडान गरिएको प्लान्टले प्रती घण्टा ४ सिलिन्डर मात्रै उत्पादन

रमा बुढा मगर -======

तुलसीपुर १३ चैत २०७९,राप्ति प्रादेशिक अस्पतालमा जडान गरिएको एक अक्सिजन प्लान्टमा घोटाला भएको खुलेको छ | क्यानेडियन रेडक्रसले राप्ति प्रादेशिक अस्पतालमा जडान गरेको अक्सिजन प्लान्टमा यस्तो घोटाला भएको पाइएको हो | क्यानेडियन रेडक्रस संस्थाले राप्ति प्रादेशिक अस्पतालको पछाडी प्रती घण्टा ८ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्ने भनी

अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको रिफिलर मेशिन जसले ४ वटा मात्रै सिलिन्डर उत्पादन गरी रहेको देखाएको छ

जडान गरीदिएको अक्सिजन प्लान्टले प्रती घण्टा मुस्किल ले ४ वटा सिलिन्डर मात्रै उत्पादन गरे पछी त्यो बिषय बाहिर आएको हो | खुलेर यस बारे अस्पतालका कर्मचारी हरु कोही बोल्न नमाने पनी केही महिना अघी क्यानेडियन रेडक्रस संस्था नेपाल रेडक्रस सोशायटी मार्फत अस्पतालमा प्रती घण्टा ८ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्न भनी आए

पछी उक्त प्लान्ट जडान गरिएको थियो | यस बारे नेपाल रेडक्रस सोशायटी दाङ का अध्यक्ष प्रमोद गौतम लाइ फोन गरेर रेडक्रस दाङ मार्फत क्यानेडियन रेडक्रस ले राप्ति प्रादेशिक अस्पतालमा जडान गरेको अक्सिजन प्लान्ट प्रती घण्टा ८ सिलिन्डर अक्सिजन उत्पादन क्षमताको हो भनेर जोडियो तर त्यस प्लान्ट बाट प्रती घण्टा मुस्किलले ४ सिलिन्डर मात्रै उत्पादन भएको

रहिछ यस्तो किन भयो भनेर सोध्दा हामी भोली गएर हेर्छौं, हामी मार्फत नै क्यानेडियन रेडक्रसले त्यो प्लान्ट लगाईदिएको हो भनेर जवाफ फर्काए | यता यही बिषयमा के भएको हो भनेर अस्पतालका मे सु डा,ओम अर्र्याल लाइ सोधनी गर्दा हामी संग प्लान्ट जडान गर्दा प्रती घण्टा ८ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ भनेर जडान गर्ने सहमती भएको प्लान्टमा प्रती घण्टा

मुस्किलले ४ सिलिन्डर मात्रै उत्पादन गरेको कुरा बताए | पहिला प्रती घण्टा ८ सिलिन्डर अक्सिजन उत्पादन भनेर जोडिएको प्लान्ट ले चालु गर्दा प्रती घण्टा ४ सिलिन्डर मात्रै उत्पादन गर्र्यो, यस बारे के हो भनेर जडान गर्ने सम्पर्क ब्यक्ती संग प्लान्ट बारे स्पेशीफिकेशन माग गरेका छौं अर्र्याल ले अगाडी भने | यो प्लान्ट बाट प्रती घण्टा ८ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ भनेर

जोडिएको हो प्लान्ट चलाएर उत्पादन हेर्दा प्रती घण्टा मुस्किल ले ४ सिलिन्डर मात्रै यो प्लान्टले उत्पादन गर्न सक्यो, यस बारे के भएको हो? भनेर प्लान्ट जडान गर्ने सम्पर्क ब्यक्ती हरु लाइ अस्पतालमा बोलाइएको छ राप्ती प्रादेशिक अस्पतालका अस्पताल ब्यबश्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने ले राप्ति पहिचान संग भने | मैले केही बुझ्ने सकिरा छैन प्रती घण्टा ८

सिलिन्डर उत्पादन क्षमता भनिएको प्लान्टले कम्तीमा प्रती घण्टा ७ सिलिन्डर सम्म त् उत्पादन गर्ला भन्ने लागेको थियो तर उत्पादन त् भने भन्दा आधा पनी गर्न सकेन यो प्लान्टले न्यौपाने ले अगाडी भने | यस बारे के भएको हो भनेर अस्पताल को जिन्शी शाखा लाइ सम्पर्क गर्दा भने जती अक्सिजन प्लान्ट बाट उत्पादन नभए पछी प्लान्टमा जडान गरिएका मेशिनरी औजार

हरुको र समग्र प्लान्टको स्पेशिफिकेशन लेटर माग गरेको छु त्यो आए पछी थप केही भन्न सक्छु जिन्शी शाखा प्रमुख रश्मी अधिकारीले हामि संग भने | जे होस् तुलसीपुर स्थित राप्ति प्रादेशिक अस्पतालमा जोडिएको अक्सिजन प्लान्टले जडान गर्ने कम्पनीले भने जती अक्सिजन भने उत्पादन नगरेको कुरा अस्पताल का मे सु, अस्पताल ब्यबश्थापन समितिका अध्यक्ष र जिन्शी शाखा प्रमुखको भनाइ बाट स्पष्ट पारेको छ |

प्रतिक्रिया