
रमा बुढा मगर -====
तुलसीपुर २१ फागुन २०७९.. दाङ को तुलसीपुरमा एक ब्यक्ती माथी धारिलो हथियार प्रहार हुँदा घाइते भएका छन् | घाइते हुनेमा तुलसीपुर ३ दमारगाउँ निवासी वर्ष १८ का दिपेश कौशल रहेको कुरा इ प्र का तुलसीपुर ले जनाएको छ | तुलसीपुर ३ र ९ नम्बर वडाको सिमाना बुद्द गुम्बा आसपास बाटोमा हिंडी रहेका बेला तुलसीपुर ९ चुलिसे बस्ने वर्ष २१ को नवराज भुसाल र सो ही
ठाउँ निवासी वर्ष १९ का गोबिन्द भन्ने दुइ जनाले कौशल लाइ धारिलो हथियार प्रहार गरी घाइते बनाएका हुन् |घाइतेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइ रहेको छ |धारिलो हथियार प्रहार बाट घाइते भएका कौशल को टाउकोमा गहिरो घाउ लागेको छ |