तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेल मन्त्रालय तानिए

रमा बुढा मगर -===

तुलसीपुर १७ फागुन २०७९, दाङ को तुलसीपुर उपमहानगर का प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल मन्त्रालय तानिएका छन् | तुलसीपुर उपमहानगरमा हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत पौडेल उप सचिव तह का हुन् भने मन्त्रालयको काज सरुवा पछी तुलसीपुर उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत भइ आउन लागेका राम बहादुर के सी स-सचिव तहको

रहेको कुरा मन्त्रालयको सरुवा लिस्टमा उल्लेख गरिएको छ | यस अघी संघीय मामिला तथा सामान्य पाशासन मन्त्रालयमा अतिरिक्त समुहमा रहेका के सी तुलसीपुर उपमहानगर को प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्न आउन लागेका छन् भने हाल का प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल लाइ मन्त्रालयको अतिरिक्त समुहमा तानिएको छ |संघीय मामिला

तथा सामान्य प्रशासन मन्त्रालय हाल माओवादीको भाग परेको छ,त्यसैले अब आउने प्रमुख प्रशासकीय अधिकृत के सी माओवादी लवीको हुन् सक्ने र हाल का प्रमुख प्रशासकीय अधिकृत पौडेल नेकपा एमाले लवीका भएको कुरा बुद्दीजिवी सर्कलमा चर्चा चलेको छ |

प्रतिक्रिया