कटकुइयाँ चोक देखी शिवपुर सडक लगायत पिच हुँदैनन् यी ४६ सडक हरु- सडक पूर्वाधार बिकास कार्यालय

रमा बुढा मगर -====

तुलसीपुर १७ फागुन २०७९,आ व २०७९/०८० मा निर्माण सम्पन्न हुने गरी लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेर पठाएका दाङ का वैकल्पिक सहायक राजमार्ग हरुको स्तरउन्नती गर्ने काम नहुने भएको छ |यो आर्थिक वर्षमा निर्माण हुन् नसक्ने सहायक राजमार्गको संख्या ४६ रहेको कुरा सडक पूर्वाधार बिकास कार्यालय घोराही ले जानकारी दिएको छ |वैकल्पिक

सहायक राजमार्ग स्तरउन्नती अनुदान कार्यक्रम अन्तर्गत निर्माण गर्ने भनिएको तुलसीपुर उपमनपाको वडा नम्वर ८ कटकुइयाँ चोक देखी वडा नम्वर ९ को शिवपुर चौतारी सम्म सडक कालोपत्रे गर्ने योजाना का लागी ५० लाख रुपैयाँ छुट्टयाई पठाए पनी हाल रकम अभावका कारण त्यो सहायक राजमार्ग कालोपत्रे गर्ने काम नहुने भएको छ | कार्यक्रम पहिला कागजमा आयो

ठेक्का पनी लगायौं तर रकम आएन त्यस पछी ठेक्का रद्द गर्र्यौं सडक पूर्वाधार कार्यालयका एक अधिकारीले भने | मलाइ नै ठेक्का परेको थियो पछी सम्झौता गर्न जाँदा रकम अभाव देखाएर ठेक्का रद्द भएको चिठी थमाइदिए ठेकेदार प्रविन वली ले राप्ति पहिचान लाइ बताए | यो त् अचम्म पो भयो यस्तो त् मैले कहिल्यै भोगेको थिएन,ठेक्का सम्झौता गर्न जाँदा ठेक्का रद्द भयो

भनेर पठाए वली ले अगाडी भने |यस वर्ष सडक पूर्वाधार बाट सम्पन्न गरिने भनिएका ४६ वटा वैकल्पिक सहायक राजमार्ग हरु मध्य १३ वटा योजनाको ठेक्का समेत लगाई सकिएको थियो तर बजेट नआउने निश्चित भए पछी निर्माण कम्पनी लाइ सम्पर्कमा ल्याएर ठेक्का रद्द गर्ने काम भइ रहेको छ नाम नबताउने शर्तमा कार्यालयका एक अधिकारी बताउछन | यसरी ठेक्का रद्द हुने

वैकल्पिक सहायक राजमार्ग हरुमा धारपानी गोग्ली सडक ५० लाख रुपैयाँ,मसिना हापुर हुँदै तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर ४ आँखा अस्पताल जोड्ने सडक जसमा १ करोड,घोराही उघा कोछाप सडक १ करोड,कुइरेपानी झिंगनी रामपुर हर्नोक हुँदै स्वर्गद्वारी जाने सडक ५० लाख रुपैयाँ रहेका छन् | यसै गरी रकम अभावका कारण निर्माण नहुने भनिएका

वैकल्पिक सहायक राजमार्ग हरुमा तुलसीपुर १० को नमगाउँ देखी पढढा जोड्ने सडक ५० लाख, शान्तिनगर गाउँपालिका वडा नम्बर १ र २ कालिदमार हुँदै कालापोख्रा सल्यान जोड्ने सडक ५० लाख, तुलसीपुर १ भमके देखी बाघमारे हंसपुर सडक ५० लाख,त्यसै गरी तुलसीपुर कै बखरिया सातकुटी सडक निर्माण को १ करोड, दाङ को बंगलाचुली गाउपालिकाको १ नम्बर

वडा तुसारपानी जरुवा सडक ५० लाख, शान्तिनगर गाउपालिका वडा नम्बर २ को शहिद लक्ष्मण गाउँ प्रवेश द्वार करिडोर स्तरउन्नती ५० लाख लगायतका ४६ वटा सडक का हरु निर्माण नहुने भएका छन् | योजना किन निर्माण हुन् सकेनन भनेर सोधनी गर्ने भनी सडक पूर्वाधार बिकास कार्यालयका प्रमुख इन्जिनियर मनिष कुमार अर्र्याल लाइ सम्पर्क गर्दा उनको फोन

उठेन |गएको मंसिरमा सम्पन्न भएको निर्वाचन ताका यी सडक हरुमा कालोपत्रे गर्छौं भन्दै दश हात माथी उफ्रेर भाषण गर्थे अहिले यस्तो भए छ तुलसीपुर ९ का एक स्थानीय ले आक्रोस पोख्दै राप्ति पहिचान लाइ भने |हामी हरुले पनी भर्खर भर्खर कुरा सुन्न थालेका छौं थाहा पाउदा दुख लाग्यो शान्तिनगर २ लक्ष्मण गाउँ का एक स्थानीय ले नाम नबताउने शर्तमा हामि संग भने |

प्रतिक्रिया