रमा बुढा मगर –======
तुलसीपुर १३ फागुन २०७९,,दाङ को तुलसीपुर उपमहानगरपालिका आर्थिक रुपमा टाट पल्टदै गएको छ | ४२ करोड १ लाख २४ हजार ७२४ रुपैयाँ ऋणमा डुबेको उपमहानगरले हाल ३ महिना पुग्नै लाग्दा समेत कर्मचारी हरु लाइ मासिक तलब सुबिधा समेत प्रदान गर्न नसकेको कुरा खुल्न आएको छ | उपमहानगरले समायोजन बाट हाजिर हुन् आएका बिभिन्न तहका ४३ जना कर्मचारी को तलब पुस महिना र
माघ महिना गरी २ महिनाको ४६ लाख १४ हजार रुपैयाँ,त्यस्तै लोक सेवा आयोग पास गरेर उपमहानगरमा हाजिर भएका ५७ जना बिभिन्न तहका कर्मचारीको २ महिना को तलब ५५ लाख ९० हजार रुपैयाँ, तुलसीपुर उपमहानगरमा नगरपालिका हुँदाका बिभिन्न तहका स्थाई कर्मचारी ४५ जनाको २ महिनाको तलब सुबिधा ४१ लाख ९६ हजार रुपैयाँ र तत् समयमै स्थाई भएका अन्य
दर्जाका ७ जना कर्मचारी हरुको २ महिनाको तलब सुबिधा ७ लाख ४० हजार रुपैयाँ गरी १५२ जना बिभिन्न तहका कर्मचारी हरुको तलब सुबिधा रकम १ करोड ५६ लाख ३४ हजार रुपैयाँ भुक्तान गर्न सकेको छैन |उपमहानगरमा कार्यरत रास्ट्र सेवक कर्मचारी हरु ले किन तलब सुबिधा पाएनन् भनेर उपमहानगर का प्रवक्ता माधव वली लाइ प्रश्न गर्दा देश नै आर्थिक संकटमा
परेको छ , हामी लाइ संघीय सम्मानीकरण अनुदान रकम र प्रदेश सम्मानीकरण र राजश्व बांडफांड अनुदान शिर्षक बाट आउनु पर्ने रकम समेत आइ सकेको छैन,कर्मचारी हरुले तलब सुबिधा नपाउनुमा उपमहानगर को मात्रै दोष छैन भन्ने कुरा बताए |
केही खर्च मेकअप गर्न हामी पदाधिकारी हरुले पनी ३/४ महिना देखी तलब सुबिधा लगायतका सुबिधा लिएका छैनौ वली ले अगाडी भने | यसलाई तुलसीपुर उपमहानगर टाट पल्टिएको भनेर भन्न मिल्दैन तर आर्थिक संकट गहिरिदै गएको छ घुमाउरो तरिका बाट उनले बताए |