
रमा बुढा मगर -====
तुलसीपुर १२ फागुन २०७९,गर्भ संरक्षण बिरुद्दको कसुर गरेको आरोपमा ३ जना बिरुद्द मुद्दा चलाइने भएको छ |मुद्दा चलाइने हरुमा रोल्पा जिल्ला गंगादेव गाउपालिका वडा नम्वर ५ सिमखोला का डपेन्द्र के सी सो ही ठाउँ निवासी मोहन के सी र दाङ तुलसीपुर ५ निवासी स्टार मेडिकल संचालक ताराप्रसाद खडका रहेका छन् | ड्पेन्द्र के सी र एक महिला बीच अनैतिक
शारीरिक सम्बन्ध पछी अवैध गर्भ रहन गए पछी सो गर्भपतन गराउन डपेन्द्र के सी ले स्थानीय मोहन के सी लाइ यो गर्भपतन गराउने काममा सहयोग गर्नुस म पैसा दिन्छु भन्दै ती गर्भवती महिला लाइ मोटरसाइकलमा राखेर फागुन ७ गते दाङ तुलसीपुर पठाएका थिए गर्भवती महिला लाइ मोटरसाइकलमा राखेर तुलसीपुर आइ पुगेका मोहन के सी ले तुलसीपुर ५ स्थित स्टार
मेडिकल हाल बाट भ्रुण हत्या गर्न प्रयोग हुने औषधी किनेर ती महिला लाइ पहिलो डोज खुवाई सकेका थिए | यो कुरा थाहा पाएका महिलाका आफन्तले आफ्नो मान्छेलाइ जबर्जस्ती गर्भपतन सम्बन्धी औषधी खुवाइएकाले औषधी खुवाइएकी महिलाको शारीरिक चेक जांच गराइ पाउँ भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछी यो बिषयमा छानबिन गर्न प्रहरिले ३
जना लाइ हिरासतमा लिएको थियो | स्मरण रहोस गर्भपतन सम्बन्धी औषधी पहिलो डोज खाएको २४ घण्टा पछी दोस्रो डोज दिए पछी मात्रै गर्भपतन हुन्छ |गर्भपतन गराउने औषधी खुवाएर गर्भपतन गराउन खोज्ने ३ जना बिरुद्द गर्भ संरक्षण बिरुद्दको कसुर गरेको आरोपमा हिरासतमा लिएर ३ दिनको म्याद थप गरी अनुसन्धान भइ रहेको छ इलाका प्रहरी कार्यालय तुलसीपुर का डी
एस पी पुष्पराज मल्ल ले राप्ति पहिचान लाइ बताए | उनी हरु लाइ के कस्तो कार्वाही हुन्छ भन्ने हाम्रो प्रश्नमा मुलुकी अपराध संहिताको परिच्छेद १३ को दफा १८८ मा रहेको सजायको महल अनुसार उनी हरु लाइ कारवाही होस् भनी मागदावी सहित अनुसन्धान पछी जिल्ला सरकारी वकिल को कार्यालय मार्फत अदालतमा मुदा दर्ता हुन्छ मल्ल ले अगाडी भने | गर्भपतन त् भइ सकेको छैन त्यसैले गर्भपतन गराउने उद्योग गरेको आरोपमा उनी हरु बिरुद्द मुद्दा चल्छ उनले अगाडी भने मुलुकी अपराध
संहिताको परिच्छेद १३ को दफा १८८ को उप दफा १ मा कसैले गर्भ पतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भ पतन हुन् सक्छ भन्ने जानीजानी वा बिश्वास गर्नु पर्ने कुनै काम गरी गर्भ पतन गराउनु हुँदैन भन्ने ब्यबश्था रहेको छ भने दफा १८८ कै उप दफा २ मा कसैले गर्भपती महिला लाइ करकाप गरी वा धम्कि दिइ वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन
हुँदैन भन्ने उल्लेख छ भने कसैले त्यसको बर्खिलाप हुने गरी गर्भपतन गराउने ब्यक्ती लाइ १२ हप्ता सम्म को गर्भ भए एक वर्ष सम्म कैद् र १० हजार रुपैयाँ जरिवाना, १२ हप्ता भन्दा बढी २५ हप्ता सम्म को गर्भ भए तिन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने ब्यबश्था रहेको छ | त्यस्तै २५ हप्ता भन्दा बढीको गर्भ भए पाँच वर्ष सम्म कैद र पचास हजार रुपैयाँ जरिवाना हुने गरी सजायको ब्यबश्था गरीएको छ |गर्भपतन गराउने उद्योग गरेको आरोप अदालत बाट ठहर भएमा उनी हरु लाइ मुलुकी अपराध संहितामा तोकिएको सजाय मध्य आधा सजाय हुने देखिन्छ |