
रमा बुढा मगर -====
तुलसीपुर ११ फागुन २०७९, तुलसिपुर का एक प्रतिष्ठित घराना का दम्पती करोडौं ठगी गरेर फरार भएको कुरा खुल्न आएको छ यस्तो गर्नेमा दंगीशरण गाउपालिका वडा नम्वर ४ हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बस्ने गजेन्द्र बुढाथोकी र उनको श्रीमती प्रितम शर्मा रहेको कुरा उनी हरु बाट ठगीमा परेका पिडित हरुले जानकारी दिएका छन् | बुढाथोकी दम्पतीले
दाङ का बिभिन्न पालिका का युवा युवती हरु लाइ भुटानी शरणार्थी बनाएर तिमी हरु लाइ अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेर ठगी गरेका हुन् |बुढाथोकी दम्पती को तुलसीपुर ग लाइनको रौनियार मेडिकल भन्दा माथिल्लो चोकमा आलिशान बंगला समेत रहेको छ | फोटोमा देखाइएको घर उनी हरुकै हो एक पिडित भरत के सी ले राप्ति पहिचान लाइ बताए |उनी

हरुले पिडित हरु बाट जनही२० लाख देखी ४५ लाख रुपैयाँ सम्म असुलेर फरार भएको देखिन आएको छ |२०७८ साल चैत्र २ देखी एक महिना सम्म ८ करोड रुपैया असुल्ने काम गरेका श्रीमान् श्रीमती हाल ठगी गरेर फरार रहेका छन् | उनी हरु तुलसीपुर ३ गोटिखोला का बिरेन्द्र वली संग २० लाख, तुलसीपुर ६ हात्तीखौवा निवासी सन्तोष गौतम बाट २० लाख रुपैयाँ,बबइ गा पाको
हंसपुर निवासी मोहन पाण्डे बाट रु २० लाख यस्तै कटाहका तुलसी के सी बाट २० लाख रुपैयाँ ठगी गरेर फरार भएका छन् | यसै गरी उनी हरु बाट ठगीमा पर्नेमा राकेश लामिछाने तुलसीपुर ८ अस्वारा १५ लाख रुपैयाँ, तुलसीपुर ६ घोराही रोड निवासी हरिश कोराल २० लाख,दिपक के सी तुलसीपुर १६ सजनेवा २० लाख,लेखनाथ योगी तुलसीपुर १९ बिजौरी २० लाख,यशोदा
गौतम तुलसीपुर गाइडहर निवासी ३० लाख र राप्ति बबइ क्याम्पस रोडका प्रमोद बस्नेत २० लाख रुपैयाँ रहेका छन् | यस्तै तु पु १६ सजनेवा निवासी प्रेमनाथ योगी २० लाख,तेजिना लमसाल घोराही निवासी बाट ४५ लाख,शान्तिनगर ७ बुराढावाका खेमराज पौडेल बाट २० लाख, तु पु ४ रक्षाचौर निवासी राजु के सी बाट २० लाख, दोर्ण अधिकारी बाट २० लाख,बबइ गा पा हंसपुर
निवासी माधव वली बाट २० लाख,सो ही ठाउँ निवासी देवेन्द्र के सी बाट २० लाख रुपैयाँ ठगी गरेर उनी हरु फरार भएका हुन् | यसै गरी ठगीमा पर्ने हरु तुलसीपुर ठाँटीगाउँ का भरत के सी २० लाख, शान्तिनगर ४ बिष्णपुर् का कोमल बिष्ट २० लाख, घोराही १२ गुर्जेका घनश्याम बस्नेत २० लाख सो ही ठाउँ निवासी सुदन बस्नेत २४ लाख र बबइ ४ हापुरेका यम कुमारी वली २० लाख
रुपैयाँ लगायतका दर्जनौ मान्छे हरु रहेका छन् | ठगीमा परेका हरुले आज एक सुचना जारी गर्दै गजेन्द्र बुढाथोकी र प्रितम शर्माको तुलसीपुर ग लाइनमा रहेको घर मा भोली देखी उनी हरु सम्पर्कमा नआउन्जेल ताला लगाउने भएका छन् |गजेन्द्र बुढाथोकी र प्रितम शर्मा का बिरुद्द अदालतमा मुद्दा दर्ता भएर उनी हरुको नाउमाअदालत बाट पक्राउ पुर्जी जारी भएको छ
इलाका प्रहरीकार्यालय तुलसीपुर का एक अधिकारीले राप्ति पहिचान लाइ बताए | बुढाथोकी दम्पती लाइ प्रहरीले खोजीको सुचिमा राखेको छ र खोजी गरी रहेको छ फेला पार्ने बित्तिकै आवश्यक कारवाही को प्रक्रिया अघी बढ्छ उनले भने |उनी हरु कहिले पक्राउ पर्छन त् भन्ने हाम्रो प्रश्नमा अपराधी जती सुकै लुकेछिपे पनी एक न एक दिन पक्राउ पर्ने र कानुन संग कोइ पनी लुक्न छिप्न नसक्ने कुरा उनले अगाडी भने |