तुलसीपुर बाट गैरकानुनी औषधी बिक्रि गर्ने एक मेडिकल संचालक पक्राउ

रमा बुढा मगर -====

तुलसीपुर १० फागुन २०७९, गर्भपतन गराउन प्रयोग हुने औषधी गैरकानुनी रुपमा बिक्रि गरेको आरोपमा तुलसीपुर बाट एक मेडिकल संचालक पक्राउ परेका छन् | पक्राउ पर्नेमा तुलसीपुर ५ नामिनगर घर भइ नामीनगरमा नै स्टार मेडिकल हल संचालन गरी बसेका ताराप्रसाद खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर ले जानकारी दिएको छ |दिन्नी शमशेर वली राना [ नाम

परिवर्तन ] ले आफ्नो भातीजी [ नाम थर ठेगाना परिवर्तन ]जिल्ला नादिपुर अछाम गाउपालिका वडा नम्वर ८ बस्ने वर्ष २९ की कुमारी आशमा जितिन लाइ गर्भपतन सम्बन्धी औषधी खुवाइएको र उनको स्वाश्थ्य जाँच गराई पाउ भनी इलाका प्रहरी

कार्यालय तुलसीपुरमा निवेदन दिए पछी अनुसन्धान गर्दा उक्त गर्भपतन सम्बन्धी औषधी स्टार मेडिकल हल का संचालक ताराप्रसाद खडकाले बिक्रि गरेको खुल्न आएकाले उनलाई पक्राउ गरिएको हो इलाका प्रहरी कार्यालय तुलसीपुर का डिएसपी

पुष्पराज मल्ल ले जानकारी दिए | मेडिकल संचालक खडका लाइ हाल इ प्र का तुलसीपुरमा अनुसन्धानका लागी राखिएको छ भने गर्भपतन सम्बन्धी गैरकानुनी औषधी सेवन गराइएकी जितिन लाइ डाक्टरको निगरानीमा पठाइएको छ |

प्रतिक्रिया