गरिब लुट्ने मिटर ब्याजी हरुलाई सरकार ले कार्वाही नगरे हामी कारवाही गर्छौं -प्रदिप वली

रमा बुढा मगर -===

तुलसीपुर ५ फागुन २०७९,हातमा राता झण्डा र बिभिन्न खालका प्लेकार्ड,दलाल पुँजीवाद मुर्दावाद,मिटर ब्याजी मुर्दावाद , बैंक वित्तीय संस्था मुर्दावाद तुलसीपुर बजार परिक्रमा गरी रहेको एउटा जुलुसमा सहभागी हरुले यही नारा लगाइ रहेका थिए | नेपाल कम्युनिस्ट पार्टी ले चर्को बैंक ब्याज, मिटर ब्याजी र वित्तीय संस्था बिरुद्दमा थालेको बिरोध कार्यक्रम अन्तर्गत आज दाङ को

तुलसीपुर मा गरीएको कार्यक्रममा यस्तो दृश्य देखिएको हो |बजार परिक्रमा पछी कार्यक्रम तुलसीपुर को वि पी चोकमा भएको कोण सभामा बोल्ने वक्ता हरुले खान लाउनका लागी ऋण लिन बाध्य हुने गरिब दुखी र मजदुर हरु लाइ मिटर ब्याज लगाएर उनी हरुले टाउको छुपाउन बनाएको झुप्रो समेत लुटी खाने मिटर ब्याजी हरु लाइ राज्य ले कारवाही गर्नु पर्ने बताए | यदी राज्य

ले कारवाही नगरे ती मिटर ब्याजी हरु लाइ हामी यै वि पी चोकमा ल्याएर कालो मोसो दल्ने र गरिब दुखी मजदुर हरु लाइ ती मिटर ब्याजी हरुले जवरण गराएको तमसुक कागज यही चोकमा च्यात्ने छौं नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले बिरोध सभा लाइ सम्बोधन गर्दै भने |मिटर ब्याजी,बैंक वित्तीय संस्था हरु बाट पिडित हरु अन्यायमा

परेको टुलु टुलु हेरी रहेको घटना परिघटना लाइ हेर्दा यो देशमा राज्यको उपश्थिति नभएको जस्तो देखिन्छ तर कोइ गरिब दुखी मजदुर हरु डराउनु पर्दैन दलाल पुँजीवादी सरकार बाट न्याय नपाए पनी हाम्रो पार्टी नेपाल कम्युनिस्ट ती मिटर ब्याजी पिडित हरु लाइ न्याय दिन तैयार भएर बसेको छ वली ले अगाडी भने | अब कुनै गरिबको झुपडी लिलाम हुन् दिंदैनौ, गाउँ गाउँ पुगेर

गरिब दुखी र मजदुर हरुको झुपडी लिलाम गरी गरिब दुखी मजदुर संग भएको १० धुर जग्गा र झुपडी समेत कब्जा गर्ने र आफुले महँगो दाममा बेच्ने सपना देखेका मिटर ब्याजी,चर्को ब्याज असुली रहेका बैंक र वित्तीय संस्था हरु लाइ एक एक गरेर घिसार्दै ल्याएर यै चोक बाट जनकारवाही गर्छौं अर्का वक्ता बिकाश वली ले सम्बोधन गर्दै भने | बिरोध सभामा नेपाल कम्युनिस्ट पार्टी का जिल्ला सेक्रेटरी निर्मल लगायतले सम्बोधन गरेका थिए भने बिरोध सभा को संचालन रुद्र वली ले गरेका थिए |

प्रतिक्रिया