
तुलसीपुर ४ फागुन २०७९ ,
तुलसीपुर १५ मा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका ५० बर्षिय कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ५ घर भइ हाल तुलसीपुर १६ मा बस्दै आएका २९ बर्षिय आशिष खनाल घाइते हुनु भएको छ ।
आज बिहान साढे ९ बजेको समयमा तुलसीपुर १५ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्याँस लिक भइ आगलागी हुँदा केसीको कम्मर मुनीको भाग जलेको छ भने खनालको दुबै हात र खुट्टा जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घाइते मध्य कुसुमको अवस्था अबस्था गम्भिर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।