लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा रक्तदान |

रमा बुढा मगर–===

तुलसीपुर २ फागुन २०७९, नेपालको संविधान २०७२ ले नेपाल भरी ७ वटा प्रदेशको परिकल्पना गरे अनुसार दाङ जिल्ला लुम्बिनी प्रदेश अन्तर्गत पर्दछ | लुम्बिनी प्रदेश कोस्थापना दिवसको अवसर पारेर दाङ को तुलसीपुर स्थित राप्ति प्रादेशिक अस्पताल ले रक्तदान कार्यक्रम गरेको छ |प्रदेश स्थापना भएको अवसर पारेर अस्पतालमा रगत को कमी हुन् नदिन रक्तदान

रक्तदान पछी सामुहिक तस्बिर खिचाउदै राप्ति प्रादेशिक अस्पतालका महिला स्वाश्थ्यकर्मी हरु |

गरिएको कुरा राप्ति प्रादेशिक अस्पतालका मे सु डाक्टर ओम अर्र्याल ले राप्ति पहिचान लाइ बताए | अस्पतालमा कार्यरत डाक्टर.,स्वाश्थ्यकर्मी, प्रशासन कर्मचारी,आर्थिक शाखा का कर्मचारी, प्राविधिक तर्फका कर्मचारी हरुले आज प्रदेश स्थापना दिवसको अवसर पारेर रक्तदान गरेका छन् अर्र्याल ले अगाडी भने | अस्पतालमा हाल सबै तहका गरी १९३ जना कर्मचारी कार्यरत छन् |

प्रतिक्रिया