राप्ति पहिचान ले मनायो २८औ जनयुद्द दिवस |

रमा बुढा मगर -===

तुलसीपुर १ फागुन २०७९, दाङ को तुलसीपुर बाट संचालित राप्ति पहिचान डटकम नामक अनलाइन संचारगृहले २८ औ जनयुद्द दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ | तुलसीपुर उपमहानगरपालिका कार्यालयको प्राङ्गनमा रहेको शहिद स्मृती स्तम्भ परिसरमा कार्यक्रम गरिएको थियो | कार्यक्रममा प्रमुख अतिथीको रुपमा तुलसीपुर ३ सिद्दधारा का शहिद झविलाल घर्ती

शहिद झविलाल घर्ती को बुवा नौले घर्ती लाइ लता कपडा सहयोग गर्दै तुलसीपुर उपमनपा का इन्जिनियर पवन योगी |

सागर को बुवा ७२ वर्षीय नौले घर्ती उपश्थित भएका थिए | २८ वटा मम बत्ती दिप जलाएर नौले घर्तीले कार्यक्रमको उदघाटन गरे लगत्तै उनका आँखा बाट आँशुका भेल बगेको देख्दा कार्यक्रममा उपश्थित सबै जना भावबिह्रल बनेका थिए | कार्यक्रममा तुलसीपुर ८ दोघरेमा फर्निचर ब्यबशाय गर्दै आउनु भएका कृष्ण बहादुर महतरा ले शहिद झविलाल घर्ती का बुवा नौले घर्ती लाइ

शहिद का बुवा नौले घर्ती लाइ लत्ता कपडा र खाद्यान्न सहयोग गर्दै तुलसीपुर दोघरे निवासी कृष्ण बहादुर महतरा जी |

लगाउनका लागी न्यानो कपडा, खानका लागी चामल तेल दाल लगायतका खाद्य सामग्री सहयोग गरेका थिए | मैले राप्ति पहिचान डटकम का प्रकाशक एग्गे बहादुर बुढा मगरले सहयोगको अपिल गरेको स्टाटस देखे पछी सहयोग वहाँ लाइ सहयोग गर्न आएको हुँ कृष्ण बहादुर महतराले राप्ति पहिचान लाइ बताउनु भयो |त्यस्तै घर्ती लाइ तुलसीपुर १ बयडाँडा निवासी कुमार

रानाले एक जोडा न्यानो कपडा सहयोग गर्नु भएको छ | त्यसै गरी घोराही निवासी बिकास अग्रवाल ले पनी एक जोडा न्यानो कपडा सहयोग गर्नु भएको छ |एग्गे सरको फेशबुकवाल बाट थाहा पाए पछी शहिद का वृद्द बुवा लाइ सहयोग गर्न पाउदा खुशी लागेको कुरा उनले हामी संग बताए | यस्तै सहयोग गर्ने हरुमा तुलसीपुर उपमहानगर का इन्जिनियर पवन योगी र बिजौरी

शहिद झविलाल घर्तीका बुवा नौले घर्ती लाइ सम्मान गर्दै राप्ति पहिचान डटकम का प्रकाशक एग्गे बहादुर बुढा मगर |

स्वाश्थ्य चौकी इन्चार्ज रहेका छन् | कार्यक्रममा राप्ति पहिचान डटकम का प्रकाशक एग्गे बहादुर बुढा मगर संपादक प्रेम बहादुर गुरुङ पश्चिम दाङ समाचारदाता तथा आर्थिक ब्यबस्थापन शाखा प्रमुख बिर बहादुर वि क पत्रकार भेषराज वि क तुलसीपुर उपमहानगर का इन्जिनियर पवन योगी नारायण रेग्मी लगायतको उपश्थिती रहेको थियो |

प्रतिक्रिया