रमा बुढा मगर -=====
तुलसीपुर २४ माघ २०७९,पश्चिम फर्केको गेट गेट भित्र पुर्व,उत्तर र दक्षिण तर्फ ठुला ठुला भवन हरु, यो दृश्य हो दाङको तुलसीपुर १७ बनकटटीमा रहेको शहिद स्मृति आवासीय माद्यामिक बिद्यालय को |माघ २४ गते बिहान ९-३० बजे राप्ति पहिचान डटकम का प्रकाशक डटकम one/one त्यहाँ पुग्दा मग मग मिठो खाना को वासना आइ रहेको थियो भने बालबालिका हरु बिद्यालय परिसर भित्र ओहोर दोहोर यता उता गर्दै थिए भने उनी हरु खुशी मुद्रामा देखिन्थे | कारण थियो आज उनी हरु
अध्ययन गरी रहेको विद्यालयले १०औ वार्षिक उत्सव मनाइ रहेको थियो | हुन् लाइ त्यो बिद्यालय पनी सामुदायिक बिद्यालय नै हो तर त्यहाँ १० वर्षीय जनयुद्दमा ज्यान सहादत प्राप्त गरेका वा यातना पाएका, युद्दमा घाइते भएका,अपांग भएका र वेपत्ता पारीएका हरुका छोरा छोरी र नाती नातीनी हरुले आवासीय रुपमा कक्षा के जी देखी कक्षा १२ सम्म निशुल्क पढ्दै आइ रहेका
छन् भने उनी हरुलाई लत्ता कपडा र खाना बस्न समेत् सरकारले ब्यबश्था गरेको छ |२०६६ सालमा स्थापना भएको उक्त बिद्यालयमा हाल कक्षा १ देखी १२ सम्म ५६७ जना र प्राविधिक शिक्षा तर्फ १०७ जना गरी कुल ६७४ बालबालिका हरु अध्ययनरत छन् | १० वर्षीय युद्दको एउटा मार्मिक दृश्य पनी त्यहाँ देखिन्छ किन भने त्यहाँ अध्ययनरत बालबालिका हरु मध्य
कती का बाउ छैनन्,कती का आमा छैनन्, कती का बाजे छैनन्, कतीका बाउ बाजे आमा वेपत्ता छन् उनी हरु कहाँ छन् कसै को अत्तो पत्तो छैन | १० वर्षीय गृहयुद्द ले दिएको हृदय चरचराउने घाउ,कहिल्यै नथामिने आँशु र बगेको रगतको आहाल बाट उठेर हाल त्यहाँ खुशी खुशी र हाँसो हाँसोका लागी एउटा शिशु हुर्की रहेको पनी देखियो |
तर युद्द का सम्झना ताजै भएको पनी त्यहीं देखियो | ६७४ जनाको हुलमा निजाएर फोटो सुट गरेका डटकम one/one लाइ दुइ जना बालिकाको मलिन अनुहार ले पिडा अझै कम भइ नसकेको र त्यो पीडाले कहीं न कहीं कुनै न कुनै रुपमा ती द्वन्द पिडित सन्तती हरु लाइ निर्मम रुपमा कस्ट दिइ रहेको पनी प्रस्ट महसुस भएको छ | यती मात्रै नभएर वार्षिक कार्यक्रममा जब
द्वन्दपिडित बालिका हरुले शहिद हरु हाँसी रहेको बोलि रहेको भन्ने शहिद प्रती समर्पित भाव बोलेको रास्ट्र भक्त गीतमा नृत्य गर्न थाले तब त्यहाँ उपश्थित सबै लाइ भावुक मात्रै बनाएन सबैका मन मस्तिष्क लाइ युद्दको त्यो कहाली लाग्दो निर्मम दिन हरु लाइ सम्झिन बाध्य बनायो | कार्यक्रममा अतिथी को रुपमा मन्चमा बसेका तत्कालिन नेकपा माओवादीका नेता हाल नेकपा का नेता बल बहादुर वली [सितल ]को अनुहार त्यो क्षण गम्भीर भएको देखिन्थ्यो |समाचार संकलन गर्न त्यहाँ पुगेका राप्ति
पहिचान डटकमका प्रकाशक डटकम one/one को पनी आँखा रसाउन पुगे उनले राम्ररी भिडियो समेत खिच्न सकेनन, किन की उनी पुर्व- माओवादी कार्यकर्ता हुन् | जे होस् माओवादी हरुले शहिद स्मृति आवासीय माद्यामिक तहको बिद्यालय खोलेर १० वर्षीय युद्दमा शहिद भएका वेपत्ता भएका र घाइते भएका हरुका छोरा छोरी हरु लाइ निशुल्क पढाउने ब्यबश्था मिलाई दिएको
देख्दा खुशी मलाइ पनी खुशी लाग्यो डटकम one/one ले समाचार डेस्क लाइ भने | कार्यक्रममा प्राध्यापक धनेश्वर पोख्रेल [ आचार्य ] ले विद्यालयको प्रगती प्रतीवेदन र समस्या का बारेमा प्रकाश पारेका थिए |उक्त बिद्यालयमा अध्ययनरत बालबालिका हरुका लागी ब्यबश्थित छात्र/छात्रावास र खाना नास्ता र हप्तामा एक छाक मासु समेत दिने गरीएको छ | बिद्यालयमा हाल १६ जिल्ला का द्वन्दपिडित परिवारका बालबालिका हरुले अध्ययन गरी रहेका छन् |