रमा बुढा मगर -====
तुलसीपुर माघ २५ गते २०७९, पौने ३ करोड मासिक खर्च,अन्य ब्यबश्थापन खर्च वार्षिक ५ करोड ७३ हजार, ५६६ जना शिक्षक,शिक्षा शाखामा कार्यरत अधिकृत र कर्मचारी हरु लाइ यातायात सुविधा मोटरसाइकल,पेट्रोल फ्री,त्यसले पनी नपुगेर महाशाखा का अधिकृत उप मेयरको गाडीमा सरर,,चिया नास्ता अफिसको कुपन बाट,उपमहानगरको शिक्षा महाशाखाको टोटल वार्षिक खर्च रकम ४० करोड,शिक्षक र महाशाखाका कर्मचारी हरु लाइ यती धेरै कुरा सेवा सुविधा उपलब्ध गराउदा समेत शिक्षा तर्फ उपलब्धी सुन्य जस्तै| तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाको सत्य दृस्तांत हो यो |
गरिब दुखी का बालबालिका लाइ सरकारी बिद्यालय बाट निशुल्क शिक्षा का लागी भनी नेपाल सरकार ले वर्षेनी ठुलो धनराशी खर्च गर्दै आइ रहेको छ |तर त्यो धनराशी बालुवामा पानी हाले सरह हुँदै आइ रहेका बेला दाङ को तुलसीपुर उपमहानगरपालिका को शिक्षा शाखामा खर्च हुँदै आएको बजेट र उपलब्धी हेर्दा यहाँ पनी शिक्षामा लगानी गरेको बजेट बालुवामै पानी पोखे सरह भएको पाइएको छ | तुलसीपुर उपमहानगर ले आर्थिक वर्ष २०७८/०७९ मा उपमहानगरको शिक्षा
शाखामा कार्यरत कर्मचारी तथा बिद्यालयमा अध्यापन गराउने शिक्षक हरुको,तलब र अन्य सुबिधा का लागी मात्रै ४० करोड रुपैयाँ खर्च गरेको देखिन्छ तर खर्च को अनुपातमा उपलब्धी भने सुन्य जस्तै देखिएको छ | उपमहानगरको शिक्षा शाखाको तथ्यांक अनुसार २०७८ सालमा उपमहानगर भित्रका ३४ वटा बिद्यालय बाट १,८५४ जना कक्षा ८ मा परिक्षा दिएका बिद्यार्थी हरु मध्ये जम्मा १३ जना बिद्यार्थी मात्रै प्रथम श्रेणीमा उत्तीर्ण हुनु र ७६७ जना जना बालबालिका पाँचौ श्रेणीमा उत्तीर्ण भएको
देखिनुले पनी स्थानीय सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी हाले सरह भएको देखिन्छ |यस्तै सो ही वर्ष ८ कक्षामा परिक्षा दिएका मध्ये द्वतियमा ५४ जना,तृतीयमा १५६ जना, छैठौमा २५९ जना, सातौंमा ३ जना र आठौंमा ७९ जना बालबालिका धौ धौ उत्तीर्ण भएका थिए | यस्तै ०७८ मा एस ई ई तर्फ १,८७९ जना बालबालिका हरुले परिक्षा दिएको मा जम्मा जम्मी १७ जना बालबालिका हरु मात्रै प्रथम श्रेणीमा उत्तीर्ण हुन् सफल भएको देखिन्छ भने पाँचौ श्रेणीमा सबै भन्दा धेरै ४४३ जना बालबालिका
रहेका छन् | त्यस्तै द्वतिय श्रेणीमा १५६,तृतीयमा ३४२ जना चौथो श्रेणीमा ४३२ जना,छैठौं मा ३७१ जना,सातौंमा १०० जना र आठौँ मा १८ जना बालबालिकाले उत्तीर्ण गरेको कुरा उपमहानगरको शिक्षा शाखाको तथ्यांकले देखाएको छ | यही बिषयमा राप्ति पहिचान डटकम ले उपमहानगरका शिक्षा अधिकारी चक्र भण्डारी लाइ तपाइँ लाइ अ-सक्षम शिक्षा अधिकारी भन्न मिल्छ की मिल्दैन भनी प्रश्न सोध्दा आफु लाइ अ-सक्ष शिक्षा अधिकारी भन्न नमिल्ने जवाफ फर्काएका छन् |राज्यको सयन्त्र नै गलत
भएकाले शिक्षा क्षेत्रमा रास्ट्र भरी यस्तै समस्या रहेको कुरा उनले स्वीकार गरे |एक वर्षमा ४० करोड खर्च गर्ने एस ई ई मा १,८७९ जना बालबालिकाले परिक्षा दिएकोमा १७ जना बालबालिका मात्रै प्रथम श्रेणी मा उत्तीर्ण हुनुले पनी तपाइँ लाइ अ-सक्षम शिक्षा अधिकारी भन्न मिल्दैन र ? भन्ने हाम्रो प्रती प्रश्नमा स्थानीय सरकारमा चुनाव जितेर आएका जनप्रतिनिधीले आफ्नो शाखा लाइ प्रयाप्त बजेट उपलब्ध नगराएकाले पनी यस्तो परिणाम आएको हो भनेर भण्डारीले जवाफ फर्काए | अनी तपाइँ लाइ त् शिक्षक
हरुले टेर्दै टेर्दैनन् भन्ने पनी सुन्नमा आएको छ शिक्षकले तपाइँ लाइ नटेरेकै कारण बिद्यालय हरुमा राम्रो संग पठनपाठन हुन् नसकी यस्तो लाजमर्दो परिणाम आएको हो त् ? भनी अर्को प्रश्न गर्दा त्यस्तो कुनै कुरा नभएको भण्डारीले बताए |उपमहानगरको शिक्षा शाखा को रिजल्ट हेर्दा म पनी गम्भीर भएकी छु, म निरन्तर सुधारमा अहोरात्र खट्ने गरेकी छु तुलसीपुर उपमहानगरका
उप मेएर स्यानी चौधरी ले राप्ती पहिचान लाइ बताइन | प्रत्येक बिद्यालयमा छड्के अनुगमन लाइ तिब्र बनाइएको छ,अब गल्ती गर्ने शिक्षक वा शिक्षा शाखा का कर्मचारी कसै लाइ पनी क्षमा नगर्ने नीति अबलम्बन गरिने छ चौधरीले अगाडी भनिन | यही बिषयमा प्रतिक्रिया माग्न हामीले मेयर टिकाराम खडका लाइ उनको मोबाइलमा सम्पर्क गर्दा उनको फोन उठेन | खर्च को परिमाण र उपलब्ध परिणाम लाई हेर्दा शिक्षा अधिकारी चक्र भण्डारी लाइ अ-सक्षम शिक्षा अधिकारी भन्न मिल्छ एक
अभिभावक ले आक्रोस पोख्दै हामी संग भने | बिद्यालयमा के कस्तो पढाइ भा छ,राम्रो पढाइ भा छ की छैन भनी हेर्ने र राम्रो पढाइ नभएका विद्यालयका शिक्षक हरु लाइ कारवाही गर्ने अधिकार भण्डारी लाइ छ तर उनले त्यस्तो गरी रहेका छैनन् त्यसैले पनी उनलाई अ-सक्षम शिक्षा अधिकारी भन्दा फरक पर्दैन उनले अगाडी भने |