तुलसीपुर स्थित शहिद स्तम्भले काँचुली फेर्र्यो |

रमा बुढा मगर [ डाँगी ] -====

तुलसीपुर ८ माघ २०७९,वरीपरी फोहोर बिचमा सेतो चारपाटे ठुलो खम्बा त्यो पनी कालो मैलो देखिने,धुलो जमेर त्यसमा लेखिएका कुरा राम्ररी नदेखिने,,यसो त्यता हेर्नेले के हो यो भनेर ठम्याउन गाह्रो हुने यस्तो अवश्थामा पुगेको थियो तुलसीपुर उपमहानगरपालिका कार्यालय रहेको दक्षिण तर्फ रहेको शहिद स्तम्भ | त्यो सेतो चारपाटे खम्बा नभई नेपालमा २०५२ फागुन १

यसरी गरिएको थियो शहिद स्तम्भको रंग रोगन र सरसफाई |

गते देखी २०६३ साल सम्म तत्कालिन नेकपा माओवादीले चलाएको १० वर्षीय जनयुद्दमा दाङ जिल्ला बाट तत्कालिन बिद्रोही पक्ष र सरकार पक्ष बाट ज्यान सहादत प्राप्त गरेका र सो ही समयमा वेपत्ता पारिएका मानिस हरुको नाम अंकित गरिएको शहिद स्तम्भ हो | जनयुद्दको नाम दिएर तत्कालिन नेकपा माओवादीले चलाएको १० वर्षीय त्यो कहाली लाग्दो मारकाट कालमा

शहिद स्तम्भ वरपर सरसफाई गर्दै नेकपा माओवादी केन्द्र तुलसीपुर नगर समितिका सचिव तुलाराम भण्डारी [ बारुद ]

दाङ जिल्ला बाट बिद्रोही पक्ष र सरकार पक्ष बाट ४९९ जनाले ज्यान गुमाएका थिए भने ४३ जना अझै वेपता रहेका छन् | हाल तत्कालिन बिद्रोही नेकपा माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड नै देश को प्रधानमन्त्री छन् | दाहाल प्रधानमन्त्री भएकै समयमा उनलाई त्यो स्थान सम्म पुर्र्याउने शहिद तथा वेपत्ता हरुको नाम लेखिएको स्तम्भको त्यस्तो हालत

देखे पछी दाङ को तुलसीपुर बाट संचालनमा रहेको राप्ति पहिचान डटकम नामक अनलाइन संचारगृहले उक्त स्थान वरपर सरसफाई र स्तम्भमा रंग रोगन गरेको थियो | संचारगृहले रंग रोगन र सर सफाई का साथ साथै शहिद स्तम्भ वरपर शहिदको सम्झनामा बालिने गरी निर्माण गरीएको शोभायमान बत्ती हरु सबै टुटे फुटेको अवश्थामा भेटाए पछी त्यही दिन शहिद स्तम्भ

वरपर शोभा झुल्काउन निर्माण गरिएको शोभायमान बिजुली बत्ती पुन; जडान गरी पाउ भनी तुलसीपुर उपमहानगरका मेयर टिकाराम खडका लाइ अनुरोध पत्र पेश गरेको थियो | त्यस लगत्तै मेयर खडकाले शहिद स्तम्भ वरीपरी टुटे फुटेका शोभा झुल्काउन बालिने गरेको शोभायमान बिजुली बत्ती तुरुन्त जडान गर्नु भनी तोक आदेश दिएका थिए | मेयर खडकाको तोक

आदेश पछी उपमहानगरको जिन्सी तथा स्टोर शाखाले शहिद स्तम्भ वरपर साँझमा शोभा झुल्काउन बालिने शोभायमान बिजुली बत्ती जडान गरेको छ |मेरै आफ्नै भतिजा को नाम पनी त्यहाँ छ मेरो शाखा बाट यो काम मैले गर्न पाउने अवसर पाउदा खुशी लागेको छ भने एकछिन आफ्नो भतिजा लाइ सम्झने अवसर पनी पाएँ जिन्सी शाखाका शाखा अधिकृत मस्त बहादुर थापाले

राप्ति पहिचान संगको कुराकानीमा भने | हामीले सान सानो कुरा भनेर त्यती वास्ता गरेका थिएनौ तर त्यो ठाउँमा साँझमा झिलिमिली बत्ती बलेको दृश्यले उपमहानगर कार्यालयको वरपर सौन्दर्यनै बढाएको छ जिन्सी शाखाका अर्का कर्मचारी नारायण रेग्मीले हाम्रा समाचारदाता संग बताए | पहिले पनी स्तम्भ वरपर सरसफाई गरी रहेका थियौं अब अल्ली ब्यबश्थित तरिकाले

यसको सरसफाई तथा मर्मत कार्यलाई ध्यान दिन्छौं वातावरण तथा सरसफाई शाखाका पाँचौ तहका कर्मचारी खेमकान्त पाण्डेले भने | २०६८ साल असोज ७ गते अनावरण गरिएको उक्त शहिद स्तम्भ वरपर हाल साँझको समयमा शोभा झुल्काउन बालिने रंगी चंगी बिजुली बत्तीले शहिद स्तम्भको शोभा बढाई रहेको छ भने तुलसीपुर उपमहानगर कार्यालय प्रांगणको चिनारीका रुपमा

चिनिन थालेको छ |मेयर साहब लाइ धन्यवाद भनेको छु,मेयर साहबकै आदेशमा शहिद स्तम्भ वरपर मर्मत सम्भार र शहिद हरुको सम्झनामा शोभा झुल्काउन बालिने शोभायमान बिजुली बत्ती स्तम्भ वरपर जडान भइ शहिद हरु प्रती सम्झना किरण छर्न थालेका छन् राप्ति पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क संग

कुराकानी गर्दै भने | दाङ जिल्ला भरीका शहिद तथा वेपत्ता हरुको नाम अंकित गरिएको शहिद स्तम्भ तुलसीपुर उपमहानगरको प्रांगणमा बन्नु उपमहानागरकै लागी गौरवको कुरा हो, जनयुद्दको बारेमा जानकारी लिन चाहने जुन सुकै ब्यक्ती जुन सुकै कालखण्डमा यो ठाउँ सम्म आउने र आउने ब्यक्तीले शहिद स्तम्भ मात्रै नभई तुलसीपुर उपमहानगर लाइ पनी देख्ने छ

र जनयुद्दकालमा ज्यान गुमाएका हरुको इतिहास लेख्दा त्यहाँ तुलसीपुर उपमहानगर को नाम पनी लेखिने भएकाले यो स्तम्भ लाइ उपमहानगरले आफ्नो सम्पत्तीको रुपमा ग्रहण गर्नु पर्छ बुढाले अगाडी भने |

प्रतिक्रिया