स्कुटी र मोटरसाइकल एक आपसमा ठोक्किदा स्कुटी चालक घाइते |

रमा बुढा मगर -=====

तुलसीपुर ३ माघ २०७९,तुलसीपुर ८ अस्वारा मा स्कुटी र मोटरसाइकल एक आपसमा ठोक्किदा स्कुटी चालक घाइते भएकी छिन | घाइते हुनेमा तुलसीपुर ९ दोघरे निवासी २७ वर्षीय कमला वली रहेको इ प्र का तुलसीपुर ले जानकारी दिएको छ भने घाइते वली को राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार भइ रहेको छ | तुलसीपुर बाट पश्चिम जाँदै गरेको रा ३

प् ७१२८ नम्वरको मोटरसाइकल ले वली सवार रा ७ प् ८८४३ नम्वरको स्कुटी लाइ साँझ ६-३० बजेको समयमा अस्वारा भन्ने स्थानमा ठक्कर दिएको थियो | मोटरसाइकल चालक तुलसीपुर १ भमके निवासी टोपलाल बस्याल रहेको खुलेको छ | बस्याल ले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाई रहेको पाइएको छ इ प्र का तुलसिपुर ले जानकारी दिएको छ |

हाल ठक्कर दिने मोटरसाइकल र चालक लाइ प्रहरीले नियन्त्रणमा लिएर आवश्यक छानबिन गरी रहेको छ | घाइते वली शान्तिनगर गाउपालिका कार्यालयका लेखापाल हुन् |दुर्घटना भएको थाहा पाए पछी म पनी राप्ति प्रादेशिक अस्पताल अस्पताल आइ पुगेको छु अहिले प्रारम्भिक उपचार भइ रहेको छ डाक्टरको सल्लाह अनुसार थप उपचार का लागी ब्यबश्था मिलाउदै छौं शान्तिनगर गाउपालिका का अध्यक्ष प्रमोद बस्नेतले राप्ति पहिचान लाइ बताए |

प्रतिक्रिया