नेपालमा ७० भन्दा बढी नया म्यानपावरका शाखा कार्यालय खुले

काठमाण्डौ, २८ पुस । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाह विकेन्द्रीत गरेसँगै विभिन्न जिल्लाहरूमा ७० भन्दा बढी म्यानपावरका शाखा खुलेका छन ।
इजाजतपत्रवाला म्यानपावर कम्पनीलाई प्रदेश स्तरमा पनि शाखा खोल्न अनुमति दिएसँगै उपत्यका बाहिरका विभिन्न स्थानमा ७० भन्दा बढी शाखाहरू खुलेको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभएको छ । प्रदेश स्तरबाटै सबै खाले श्रम स्वीकृतिसँगै वैदेशिक रोजगारी सम्बन्धी अरू काम पनि हुने भएपछि विभागले म्यानपावरका शाखा खोल्न पनि अनुमति दिएको हो ।

प्रदेश स्तरमा नै म्यानपावरको शाखा हुँदा वैदेशिक रोजगारीमा जान चाहनेहरूले पनि बुझ्नकै लागि भनेर काठमाण्डौसम्म जान नपर्ने र ठगी पनि विश्वास लिएको बिभागले जनाएको छ । गएको असोज महिनादेखि विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने सङ्ख्याको आधारमा म्यानपावरहरूलाई शाखा कार्यालय खोल्न पाउने गरी अनुमति दिन थालेको थियो । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले देशभित्रै शाखा कार्यालय खोल्न चाहेमा विभागले अनुमति दिनु पर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार विभागले शाखा कार्यालय खोल्न चाहने म्यानपावर कम्पनीलाई निवेदन पेस गर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया