अंकित ज्ञवाली -====
दाङ शान्तिनगर १७ पुस २०७९,, पश्चिम दाङको जेठो विद्यालयको नामले चिनिने शान्तिनगर गाउपालिका वडा नम्वर ३ मा रहेको श्री नेपाल रास्ट्रीय प्राथमिक विद्यालय केराघारी ले आफ्नो ६४औ वार्षिक उत्सव भव्य रुपले मनाएको छ | २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल १ देखी कक्षा ५ सम्म पठनपाठन संचालन हुँदै आइ रहेको छ | म काम गरेर देखाउन
आएको मान्छे हुँ,प्रमोदले काम गर्छ भनेर नै शान्तिनगर का जनताले आफुलाई गाउपालिका अध्यक्षमा जिताएकाले आफुले काम गरेर देखाउने कुरा वार्षिक उत्सव लाइ सम्बोधन गर्दै शान्तिनगर गाउपालिका का अध्यक्ष प्रमोद बस्नेत ले भने | यो विद्यालय मात्रै नभई शान्तिनगर का सबै विद्यालय हरुमा पठनपाठन कसरी सुधार र चुस्त दुरुस्त गर्न सकिन्छ भन्ने बारेमा आफुले नयाँ ढंगले सोची रहेको

कुरा उनले बताए | म मेरो वडामा बाटो विद्युत,शिक्षा, स्वाश्थ्य,कृषी लाइ ब्यबशायीक कसरी बनाउन सकिन्छ भन्ने बारेमा गुरु योजना बनाएर अघी बढ्ने सोच बनाएको छु जस बाट शान्तिनगर ३ का गरिब दिन दुखी लाइ प्रत्यक्ष राहत र लाभ मिलोस वडा नम्वर ३ का वडा अध्यक्ष मिन बहादुर के सीले राप्ति पहिचान संग भने | आफ्नो कार्यकालमा म केही न केही त् गरेर देखाउछु,
त्यसैका लागी वडा नम्वर ३ का वडावासी हरुले मलाइ भोट दिएर अध्यक्ष चुनेका हुन्, वडावासी लाइ निरास बनाउदैन के सी ले अगाडी भने | विद्यालय ब्यबश्थापन समितिका अध्यक्ष बिर बहादुए बि क को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुसिल बस्नेत मिन बहादुर के सी लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजीकरण झग बहादुर वि क गरेका थिए |

