अझै पहिचान खुल्न सकेन झुन्डिएको अवश्थामा फेला परेको एक पुरुषको शव कसको हो भनेर |

रमा बुढा मगर -====

तुलसीपुर १४ पुस २०७९,, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ को धर्मशाला सामुदायिक बनमा झुन्डिएको अवश्थामा फेला परेको एक पुरुष को शवको अझै पहिचान खुल्न सकेको छैन | पुस ११ गते धर्मशाला सामुदायिक वन उपभोक्ता समिति को एक टोलि ले वन गस्ती गर्ने क्रममा झुन्डिएको अवश्थामा एक पुरुषको शव देखे पछी प्रहरी लाइ खबर गरेका थिए |सामुदायिक वन

झुन्डिएको अवश्थामा फेला परेका पुरुष को अनुहार देखिने गरी लिइएको शव को फोटो |

बाट अत्यधिक मात्रामा दाउरा चोरी भएको सुचना पाए पछी वन गस्तीमा गएको बेला रोइनिको रुखमा सेतो सलको पासो लगाएर एक पुरुष झुन्डिएको अवश्थामा फेला पारे पछी हामि हरुले प्रहरी लाइ खबर गरेर लाश प्रहरीको जिम्मा लगाएका थियौं धर्मशाला सामुदायिक वन का अध्यक्ष पूर्ण नेपालि ले राप्ति पहिचान लाइ बताए |यता धर्मशाला सामुदायिक वनमा अन्ताजी ५०/५१ वर्षको जस्तो देखिने झुन्डिएको अवश्थामा फेला परेको एक पुरुषको शव कसको हो भन्ने बारे अझै पत्ता नलागेको कुरा इलाका प्रहरी कार्यालय तुलसीपुर ले जनाएको छ |

एउटा नागरिकता साइजको फोटो,रातो रंगको झोला र यी कपडा हरु भेटिएको कुरा इ प्र का तुलसीपुर ले जनाएको छ |
प्रतिक्रिया