चिसो अझै बढ्न सक्छ फिल्ड कार्यालय घोराही |

रमा बुढा मगर -===

घोराही १४ पुस २०७९,,मौसम सम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान फिल्ड कार्यालय घोराही ले दाङ मा अझै केही दिन चिसो बढ्न सक्ने बताएको छ | हिजो पुस १३ गते का दिन यो वर्षकै सबै भन्दा कम न्युनतम तापक्रम ५ दशमलब ० डिग्री सेल्सियड रहेकोमा हिंजोको भन्दा आज केही सुधार भएर त्यो ७ दशमलब २ डिग्री सेलासियड पुगेको छ फिल्ड कार्यालय दाङ घोराही को कार्यालय प्रमुख श्रेया

रिजाल ले राप्ति पहिचान संगको कुराकानीमा बताइन | सब भन्दा चिसो बढ्ने भनेको प्रत्येक वर्षको पुस १० -१५ देखी माघ १५ सम्म हो,यही समयमा पोहोर साल दाङ मा न्युनतम तापक्रम ५ दशमलब ४ डिग्री सेल्सियड भन्दा तल झरेको थिएन तर यो वर्ष हिंजो पुस १३ गते न्युनतम तापक्रम ५ दशमलब ० डिग्री सेल्सियड हुन् आउनु चिसो अझै बढ्ने संकेत हो उनले भनिन |सरसर्ती

भन्नु पर्दा पुस १५ देखी माघ १५ सम्म चिसो बढ्ने गरेको भए पनी २०७७ सालमा माघ १८ गते जिल्लाकै सबै भन्दा कम तापक्रम मापन भएको थियो | उक्त दिन न्युनतम तापक्रम घटेर २ डिग्री सेल्सियडमा झरेको पाइएको थियो |बालबालिका तथा वृद्द व्रिद्दा लाइ चिसोले छिटो प्रभावित पार्ने भएकोले उनी हरु लाइ चिसो बाट जोगिन र जोगाउनु पर्छ रिजाल ले अगाडी भनिन |

प्रतिक्रिया