तुलसीपुर उपमहानगरमा साढे ३२ करोड पुरानो ऋण,साढे ९ करोड नयाँ ऋण थपिदै |

रमा बुढा मगर -====

तुलसीपुर १३ मङ्सिर २०७९, काले गाउँको कोलझारीमा भाले गाउँको फुतफुती भन्ने उखान जस्तै दाङ को तुलसीपुर उपमहानगरपालिका कार्यालयमा ऋण थपिने क्रम जारी रहेको पाइएको छ | गत आ अव २०७८ मा उपमहानगर लाइ लागेको ऋण ३० करोड रुपैयाँ तिर्न बाँकि छँदै उपमहानगर ले सपिंग कम्पलेक्स [ उर्फ तुलसी टावर ] निर्माण गर्न भन्दै ७ करोड रुपैयाँ नगर बिकास कोष नामक कार्यालय बाट ऋण थप्ने गरी बजेट बनाएको छ भने उपमहानगरको तर्फ बाट सह लगानी गर्नु पर्ने

नगर बिकास कार्यालयको नियम अनुसार २ करोड ५० लाख रुपैयाँ उपमहानगरले ऋण लिने तयारी गरेको कुरा लेखा शाखाका एक अधिकारीले राप्ति पहिचान लाइ बताए |उनका अनुसार उपमहानगरको यस अघी तिर्न बाँकी ऋण ३० करोड रुपैयाँ र चालु खर्च [ सेवा सुविधामा ] खर्च भएको तिर्न बाँकी रकम २ करोड ५१ लाख २४ हजार ७२४ रुपैयाँ गरी ३२ करोड ५१ लाख २४ हजार ७२४ रुपैयाँ थियो भने अब लिइने ९ करोड ५० लाख थपिँदा ऋण बढेर ४२ करोड १ लाख २४ हजार ७२४ रुपैयाँ पुग्ने नामनबताउने

कठै मेरो तुलसीपुर उपमहानगरपालिका कती सम्म बोकौला तिमले ऋण को भारी,, एक स्थानीय को भनाइ |

शर्तमा एक अधिकारीले भने | यतिका ऋण तुलसीपुर उपमहानगरले के काम गर्दा लगायो र कसरी तिर्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा शेर बाहादुर देउवा प्रधानमंत्री छन् उनले २९ अर्व ऋण लगाएका छन्, यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के सी ले प्रदेश सरकार लाइ ६ अर्ब ऋण लगाएका छन् उनी हरुले तिर्दा सम्म मैले पनी तिरी सक्छु भन्दै तुलसीपुर उपमहानगर का मेयर टिकाराम खड्काले हाम्रा समाचारदाता लाइ जवाफ फर्काए भने ऋण तिर्ने श्रोत के हो भन्दा खडकाले जवाफ फ़र्काएनन् | यसै

बिषयमा हाम्रा समाचारदाता ले तुलसीपुर उपमहानगर का प्रवक्ता माधव वली लाइ फोन गरेर यती धेरै ऋण कसरी तिर्ने हो उपमहानगरले भनी सोधनी गर्दा उनले अहिले आफु छुट्टै छलफलमा रहेको र अहिले यो बिषयमा आफुले केइ नबोल्ने कुरा बताए |मरी तरी काम गर्छौं तर हामीले तलब समेत पाएका छैनौ नाम नबताउने शर्तमा तुलसीपुर उपमहानगर कार्यालयका एक एम्बुलेन्स चालक ले हामी संगको कुराकानीमा बताई रहंदा तुलसीपुर उपमहानगरको आन्तरिक सेवा सुविधा तर्फको दैनिक

खर्च भने दिन दुइगुणा रात् चौगुणा ले दौडी रहेको देखिन्छ | कुनै सर सल्लाह पनी छैन कती ऋण छ, कती नयाँ ऋण लिने तयारी छ हामीलाइ थाहा नै दिइदैन उपमहानगरमा नेपाली कांग्रेस बाट चुनाव जितेका वडा नम्वर ५ का वडा अध्यक्ष बिरेन्द्र शाह ले राप्ति पहिचान संगको कुराकानीमा बताए | दशैं अघि देखी कार्यपालिकाको बैठक समेत डाकिएको छैन भने मेयर साहबले आफुखुशी टिप्पणी उठाएर काम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु शाहले भने |हामी गठवन्धन तर्फका ९ जना वडा अध्यक्ष छौं

कार्यपालिका बैठक नै नबसालेर हामी संग कुनै छलफल नै नगरी कर्मचारी सरुवा गर्न लाग्नु भा रहेछ,आखिर हामी पनी त् जननिर्वाचित वडा अध्यक्ष हौँ हामी कसैको इच्छा चाहनाले त्यहाँ बोलाइएका मान्छे पक्कै होइनौ तुलसीपुर उपमहानगर लाइ कस्तो र कसरी चलाउने भन्ने बारेमा छलफलमा भाग लिन पाउनु हाम्रो कानुनी अधिकार हो तर हामी हरु लाइ थाहा नै नदिएर कामकाज हुने गरेका छन् शाहले अगाडी भने |कार्यपालिका को बैठक को माग राखेर फोन गर्दा मेयर साहबले फोन उठाउनु

हुन्न, म्यासेज गरेर पठाउदा समेत सुनुवाई हुँदैन अब के गर्ने भन्ने बारेमा गठवन्धन दलका वडा अध्यक्ष हरुको बैठक बसी सकेको छ, हामी पनी कडा कदम चाल्छौं शाहले प्रतिक्रिया दिए |आफ्ना पार्टी प्रती आश्था राख्ने कर्मचारी ६/७ वर्ष देखी उपमहानगर को शाखा महाशाखामा राख्नु भा छ भने फरक आश्था राख्ने कर्मचारी लाइ मात्रै उपमहानगर बाहिरै राख्ने काम भइ रहेको छ त्यसैमा पनी जबर्जस्ती सरुवा गरेर फरक आश्था राख्ने राष्ट्र सेवक कर्मचारी हरुलाई विभेद गरीदैछ शाहले थपे | कोही मनोमानी गर्दै जाने भने कोही बिरोध गर्दै जाने यही र यस्तै क्रम भंग नभए ऋण माथी ऋण थप्दै गइ रहेको तुलसीपुर उपमहानगरले स्थानीय सरकारको पहिचान गुमाउने र निकट भविष्यमै असफल उपमहानगरको चिनारी छोडेर जाने पक्कै देखिन्छ |

प्रतिक्रिया