प्युठान बाहेक राप्ति क्षेत्रमा नेकपा एमाले कम्जोर हुने प्रक्षेपण |

रमा बुढा मगर -=====

तुलसीपुर ७ मङ्सिर २०७९, मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा र प्रदेश सभा को प्रत्यक्ष तर्फको निर्वाचन को मत परिणाम सार्वजनिक हुँदै गर्दा पुरानो राप्ति क्षेत्रमा नेकपा एमाले पार्टी कम्जोर अवश्थामा पुग्ने निश्चित भएको प्रक्षेपण हुन् थालेको छ | पुरानो राप्ति को पूर्वी रुकुम, रोल्पा र दाङ मा प्रतिनिधी सभा र प्रदेश सभामा नेकपा एमाले का उमेदवार हरुले कम मत पाएका छन् भने प्युठान क्षेत्र नम्वर १ मा एमाले का नेता सुर्य बहादुर थापाको जित निश्चित भइ सकेको छ | पुरानो राप्ति क्षेत्रको

रुकुम पूर्वमा प्रतिनिधी सभा प्रत्यक्ष तर्फ नेकपा माओवादी केन्द्र का नेता पूर्ण बहादुर घर्ती भन्दा एमाले का नेता कैलाश कुमार मल्ल दोब्बर भन्दा कम मत लिएर पछी परेका छन् | त्यहाँ माओवादी केन्द्र का पूर्ण घर्ति ले ९९९५ मत प्राप्त गर्दा एमाले का मल्ल ले ४०५८ मत मात्र पाएका छन् | त्यस्तै रुकुम पूर्वकै प्रदेश सभा १ मा त् एमालेको लज्जास्पद हार हुने निश्चित प्राय भएको छ| त्यहाँ स्वतन्त्र का उमेदवार सरुल पुन भन्दा एमालेका तेजेन्द्र बुढा मगर ४०८८ मत ले पछाडी परेका छन् | सरुल पुन ले

४४६५ मत ल्याउदा एमालेका बुढा ले जामा ३७७ मत ल्याएका छन् | रुकुम पुर्व कै प्रदेश सभा २ मा पनी एमालेका भावना बुढाथोकी दोब्बर मत ले पछाडी छिन | त्यस क्षेत्रमा नेपाली कांग्रेस का उमेदवार धन बहादुर के सी ले २७०० मत ल्याउदा बुढाथोकी ले ११०२ मत मात्र ल्याएकी छिन | यसै गरी प्रतिनिधी सभा तर्फ १ मात्र निर्वाचन क्षेत्र रहेको रोल्पा जिल्लामा पनी एमाले अत्यन्त कम्जोर देखिएको छ | रोल्पा क्षेत्र नम्वर १ मा नेकपा माओवादी केन्द्र का नेता वर्षमान पुन ले १९२७१ मत ल्याउदा

एमाले का पूर्ण बुढा मगर ले मात्र ८००१ मत मात्रै ल्याउन सफल भएका छन् | त्यस्तै प्रदेश सभा १ मा माओवादीकै जोख बहादुर महरा ले १७६२५ मत ल्याउदा एमालेका कमल बहादुर बुढाथोकी ले ५१२८ मत मात्र ल्याउन सफल भएका छन् | यस्तै रोल्पा कै प्रदेश सभा २ मा पनी एमाले कम्जोर देखिएको छ | त्यस प्रदेश सभा २ मा स्वतन्त्र बाट उमेदवारी दिएर धारा चिह पाएका पुर्व माओवादी रोल्पाका नेता दिपेन्द्र कुमार पुन मगर [ सिजल ] ले १०५८१ मत ल्याउदा एमालेका प्रेम बहादुर घर्ति ले ५१९९ मत

मात्र ल्याएको कुरा रोल्पा बाट हाम्रा समाचारदाता raptipahichan 5 ले जानकारी पठाएका छन् |यस्तै दाङ जिल्लामा पनी एमाले कम्जोर देखिएको छ | दाङ क्षेत्र नम्वर १ मा एकीकृत समाजवादी का मेटमणि चौधरी ले ५९८३ मत प्राप्त गर्दा एमाले की उमेदवार शान्ता चौधरी ले ४००१ मत मात्र पाएकी छिन |यस्तै दाङ क्षेत्र नम्वर १ को प्रदेश सभा १ मा माओवादीका इन्द्रजित थारु ले ५२१२ मत् ल्याउदा एमाले का गंगाराम भट्टराई ले ४६८० मत मात्र प्राप्त गरेका छन् | त्यसै गरी क्षेत्र नम्वर १ को प्रदेश सभा २

मा भने बराबरी जस्तो मत ल्याएर ले एमाले का उमेदवार कुल बहादुर खत्री ले नेपालि कांग्रेस का उमेदवार अनुराग खडका लाइ पच्छ्याई रहेका छन् | त्यहाँ कांग्रेस उमेदवार खडका ले ६१७२ मत प्राप्त गर्दा एमाले का खत्री ले ६१२५ मत ल्याउन सफल भएका छन् | यता दाङ क्षेत्र नम्वर २ मा पनी एमाले कम्जोर देखिएको छ | दाङ को २ नम्वर क्षेत्र आफैमा चर्चामा रहेको क्षेत्र हो किन भने एमाले का महासचिव तथा लुम्बिनी प्रदेश का पुर्व मुख्यमन्त्री शंकर पोख्रेल को चुनावी क्षेत्र भएका ले पनी यो क्षेत्र

चर्चामा रहने गरेको छ भने एमाले बाट पोख्रेल र माओवादी केन्द्र बाट रेखा शर्मा चुनावी दाउपेचमा छन् | अहिले सम्मको मत परिणाम हेर्ने हो भने पोख्रेल भन्दा शर्मा १६१६ मत ले अगाडी छिन | माओवादी की रेखा शर्मा ले १३२०४ मत ल्याउदा पोख्रेल ले ११५८८ मत मात्र पाएको विवरण निर्वाचन आयोगले राखेको मत परिणाम मा देखिएको छ | यस्तै दाङ २ को प्रदेश सभा १ मा पनी एमाले कम्जोर देखिएको छ | त्यहाँ कांग्रेसका राजु खनाल ले १२९७१ मत ल्याउदा एमाले का बलिभद्र राना ले १११२६ मत

ल्याएका छन् | सो ही निर्वाचन क्षेत्रको प्रदेश सभा २ मा पनी एमाले का उमेदवा कांग्रेस का उमेदवार भन्दा पछी छन् त्यहाँ कांग्रेस का प्रचण्ड बिक्रम न्यौपाने ले ६८७० मत ल्याउदा एमाले का गिरिराज के सी ले ६४६२ मत का साथ् न्यौपाने लाइ पच्छ्याई रहेका छन् | यसै गरी दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा पनी एमाले कम्जोर अवश्थामा देखिएको छ | यस क्षेत्रमा कांग्रेसका उमेदवार दिपक गिरि ले ८४३५ मत ल्याउदा एमाले कि नेत्री कोमल वली ले ६६५२ मत ले गिरि लाइ पच्छ्याई रहेकी

छिन | यस्तै दाङ ३ को प्रदेश सभा १मा कांग्रेस का डिल्ली चौधरी एमाले का उमेदवार घनश्याम पाण्डे भन्दा अगाडी रहेका छन् | हाल सम्म को मत गणना को परिणाम हेर्दा कांग्रेस नेता चौधरीले १०८०३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमाले का घनश्याम पाण्डे ले ८१०२ मत मात्र ल्याउन सफल भएका छन् | यसै गरी दाङ ३ को प्रदेश सभा २ मा माओवादी केन्द्र का नेता धन बहादुर मास्की एमाले का दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत भन्दा अगाडी रहेका छन् | हुकुम बस्नेत ले १२३०४ मत प्राप्त

गर्दा मास्की ले १३४०५ मत ले लिड गरीरहेका छन् |पुरानो राप्तीमा आफ्नो वर्चस्व गुमाउने लागेको एमाले ले प्युठानमा भने केही स्थानमा जित हात पार्ने देखिएको छ | प्युठान क्षेत्र नम्वर १ बाट उमेदवारी दिएका एमाले का नेता सुर्य बहादुर थापा क्षेत्री भने राजमो का उमेदवार दुर्गा पौडेल भन्दा २९६१ मत ले अगाडी रहेका छन् | एमाले का थापा क्षेत्री ले २२९६३ मत ल्याउदा राजमो का पौडेल ले २०००२ मत ल्याएका छन् | यस्तै प्युठान क्षेत्र नम्वर १ को प्रदेश सभा १ र प्रदेश सभा २ मा पनी एमाले उमेदवार अगाडी रहेका छन् |

प्रतिक्रिया