दाङ क्षेत्र नम्वर ३मा कमल सुबेदी नामको कर्णधारको उदय,युवा देखी बृद्द सम्मका प्यारा बन्दै|

तुलसीपुर २७  कार्तिक ।  कमल सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । घण्टी चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु भएका सुवेदीलाई युवा पङ्क्तिको ठूलो साथ छ । अन्य पार्टीको भन्दा पहिल्या नै उम्मेदवारको टुङ्गो लागेका सुवेदी गाउँगाउँमा, घरघरमा पुगेर मतदातासँग भोट माग्दै हिँड्नु भएको छ । उच्च शिक्षा अध्ययनसँगै सामाजिक अभियानमा जोडिनु भएका सुवेदी निर्वाचन जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ।   

यस्ताे छ उनकाे विगत 

२०४४ सालमा बुवा कृष्ण प्रसाद उपाध्याय र आमा विष्णुदेवी सुवेदीको कोखबाट दाङको मौलीमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका कमल सुवेदीको बाल्यकाल निकै कष्टकर थियो । बिहान हलो जोतेर दिउसो स्कुल जानुपर्ने बाध्यता थियो । २०६० सालमा वीरेन्द्र मा.वि. हेकुलीबाट एसएलसी पास गरेका सुवेदीले ज्ञानसिन्धु उच्च मा.वि. बाट प्लस टु गर्नुभएको थियो  । महेन्द्ररत्न क्याम्पस ताहाचलबाट विएड गरेका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा एम.ए. समेत गर्नुभएको छ । सुवेदीले क्यानडियन सरकारको छात्रबृत्तिमा सेन्ट फ्रान्सिस जेभियर यूर्निभरसिटीबाट डेभलपमेन्ट लिडरसिपमा डिप्लोमा गर्नुभएको छ ।

सार्वजनिक नीतिमा राम्रो ज्ञान भएका सुवेदी कानुनका विद्यार्थी समेत हुनुहुन्छ । स्कुल पढदा देखी नै समाज सेवामा लागेका सुवेदीले १५ वर्षसम्म समाज रुपान्तरणमा योगदान पु¥याउनुभएको छ । अन्याय अत्याचारको विरुद्ध खरो रुपमा प्रस्तुत हुने सुवेदी असल शासन हिमायती एवं भ्रष्टाचार विरोधी अभियानको समेत नेतृत्व गरेर जनता लाई जागरुक गराउने काम गर्नुभयो । स्कुलमा जुनियर रेडक्रस सर्कलको अध्यक्ष हुदै सामाजिक गतिविधिमा सक्रिय सुवेदीले मानव अधिकार एवं युवा अधिकारको क्षेत्रमा एक दशक काम गर्नुभयो ।

२०७० सालमा राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालको संस्थापक केन्द्रिय अध्यक्ष हुनुभएका सुवेदीले युवा नीति, युथ भिजन बनाउन तथा युवा तथा खेलकुद मन्त्रालय स्थापनामा गर्न महत्वपूर्ण योगदान गर्नुभएको छ ।  ग्रामिण जनतालाई सुसूचित गर्न २०६८ सालमा सामुदायिक रेडियो हापुरे स्थापना गर्नुभएका सुवेदीले २०६९ सालमा आमाको स्मृतिमा विष्णुदेवी फाउण्डेशन स्थापना गरी दाङ जिल्लामा एम्बुलेन्स सञ्चालन गरी हुनेबाट लिने र नहुनेलाई दिने अभियान समेत चलाउनुभयो । आमाको नामबाट स्थापित फाउण्डेशनले गरिब तथा जेहेन्दार विदार्थीहरुलाई शैक्षिक छात्रबृत्ति समेत दिदै आएको छ ।

नेपाली युवाको प्रतिनिधत्व गदै उहाँले अन्तराष्ट्रिय स्तरमा भएका विभिन्न सम्मेलनहरुमा आफ्नो प्रस्तुती दिएर आफूलाई अब्बल सावित गरेका सुवेदीले अमेरिका, क्यानडा, जापान, रसिया, चिन, थाइल्याड, फिलिपिन्स लगायतका देशको समेत भर्मण गरेर अन्तराष्ट्रिय अनुभव समेत समहाली सक्नु भएको छ । युवा उद्यमशिलता, रोजगारी, दिगो विकास, जलवायु परिर्वतन, जैविक विविधता, विपद् व्यवस्थापन, मानविय सहायता, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा काम गरिसको सुवदी ग्लोवल हयुमनटेरियन एडका क्यानडाका बोर्ड अफ डिरेक्टर समेत हुन । २०७२ को महाभुकम्पमा परी घरबार विहिन हुनेहरुका लागी नुवाकोट र सिन्धुपलाञ्चोकमा ३५० घरटहरा निर्माणमा सहयोग पु¥याएका सुवेदीले युवाको क्षेत्रमा योगदान गरे बापत युथ फाउण्डेशन नेपालबाट युथ डेभलपमेन्ट अवार्डबाट समेत सम्मानित हुनु भएको छ । 

प्रतिक्रिया