आचारसंहिता बिपरित काम गरेको छैन-वडा अध्यक्ष रावत

रमा बुढा मगर -====

तुलसीपुर २६ कार्तिक २०७९, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष मान बहादुर रावत ले आफुले निर्वाचन आचारसंहिता बिपरित कुनै पनी काम नगरेको कुरा बताएका छन्!कार्तिक २३ गते ४ दिन अघी वडा नम्वर ११ ले एक कार्यक्रम आयोजना गरी ५२ जना घोडा ब्यबशायी र साइकलमा कुखुरा ब्यबशाय गर्दै आइ रहेका ११ जना कुखुरा ब्यबशायी हरुलाई सम्मान तथा आर्थिक सहयोग गरेको थियो! सो ही कार्यक्रम बिबादमा आए पछी वडा अध्यक्ष रावत बिबादमा तानिएका छन्!

तुलसीपुर क्षेत्र बाट संचालनमा रहेका संचारमाध्यम बाट वडा अध्यक्ष रावत ले निर्वाचन आचारसंहिता विपरित चुनावको मुखैमा आर्थिक बाँडेको बारे समाचार बाहिरीए पछी उनी बिबादमा तानिएका हुन्! निर्वाचन आचारसंहिता लागु भइ सकेको समयमा किन आर्थिक सहयोग गरीएको हो? भन्ने हाम्रो प्रश्नमा यो कार्यक्रम वडा सभा र नगरसभा बाट पारित कार्यक्रम हो यो कुनै नयाँ निर्णय होइन गएको जेठ १४ गते पदभार ग्रहण गर्दै गर्दा हाम्रो वडाको पहिलो निर्णय किसान हरुले उत्पादन गरेको धान चामल

अदुवा बेसार मकै तोरी जस्ता कृषी उत्पादन लाइ घोडाको माध्यम बाट ढुवानी गरेर बजार सम्म पुर्र्याउने कार्यमा रहेका यस क्षेत्रका घोडा ब्यबशायी र किसान ले पालेका चल्ला कुखुरा हरु गाउँ गाउँमा पुगेर किसान हरु लाइ उचित मूल्य दिएर खरिद गरेर बजार मा लगेर बिक्री गर्ने साइकल कुखुरा ब्यबशायी हरुलाई उनी हरुको ब्यबशाय लाइ सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग र सम्मानपत्रले सम्मान गर्ने निर्णय भएकोमा सो ही अनुसार घोडा ब्यबशायी र साइकल ब्यबशायी हरुलाई सम्मान तथा

आर्थिक सहयोग गरिएको हो रावत ले राप्ति पहिचान संग भने!नयाँ निर्णय गरी नयाँ रकम निकासा गरेर खर्च गरेको भए आचारसंहिता विपरित भन्न मिल्थ्यो यो त् हाम्रो वडाको आ व २०७९/०८० को नियमित योजना हो यसलाई आचारसंहिता विपरीत भन्न मिल्दैन रावतले अगाडी भने! वडा नम्वर ११ ले किसानले उत्पादन गरेका कृषी उत्पादन बजार सम्म पुर्र्याउने काम गरी रहेका त्यस क्षेत्रका ५२ जना घोडा ब्यबशायी हरुलाई जनही १० हजार रुपैयाँ र सम्मानपत्र तथा किसानले पालेका चल्ला कुखुरा

गाउँ गाउँमा पुगेर कृषक लाइ उचित मूल्य दिएर खरिद गर्ने र तुलसीपुर बजार ल्याएर बिक्री गर्ने ११ जना साइकल ब्यबशायी लाइ जनही ५ हजार रुपैयाँ र सम्मानपत्र बाट सम्मान गरेको थियो!संघीय सरकार र प्रदेश सरकार द्वारा नियमित गर्न भनी निर्णय भएका आयोजना हरु सबै संचालनमा छन्, धमाधम काम भइ रहेका छन् त्यसलाई आचारसंहिता नलाग्ने तर वडा सरकारले नियमित गर्ने भनी निर्णय गरेका नगरसभा बाट पारित भइ रातो कितावमा समेत उल्लेख भएका आयोजना कार्यन्वयन गर्दा

कसरी आचारसंहिता विपरित भयो? रावतले हामी संग भने!किसान ले उत्पादन गरेका बिभिन्न कृषी उपज हरुलाई किसानको घर घरमा गएर किसान लाइ उचित मूल्य दिएर खरिद गरी बजार पुर्र्याएर बिक्री गर्ने र किसान हरुको कृषी पेशा लाइ टेवा पुर्र्याउने काम गरी रहेका घोडा ब्यबशायी र साइकल कुखुरा ब्यबशायी हरुलाई म त् २५/ २५ हजार दिन्थें तर बजेट नभएकाले १०/१० हजार र ५/५ हजार मात्रै दिन सकें रावतले फेरी भने! यता आर्थिक सहयोग पाएका साइकल कुखुरा ब्यबशायी र घोडा

ब्यबशायी भने नगरपालिका र ११ नम्वर वडाको यस्तो निर्णय बाट उत्साहित भएका छन्!हामी हरुलाई ए,, घोडे भनेर बोलाउने गर्छन तर हामी हरुले गर्दै आइ रहेको यो कामले पनी यसरी न पा र वडा बाट आर्थिक सहयोग र सम्मानपत्र पाम्ला भन्ने कहिल्यै सोचेका थिएनौ एक घोडा ब्यबशायीले राप्ति पहिचान संग भने!

प्रतिक्रिया